आठ देशका रेस्लरकाे सहभागिता रहेकाे अन्तर्राष्ट्रिय रेस्लिङ भाेली

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२७
  • |
  • 262 पटक हेरिएको

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भोली (शनिबार) त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कर्भडहलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन भएको छ । जसको तयारी पुरा भएको र सबै रेस्लरहरु नेपाल पुगेको संघले जनाएको छ ।

दुई वटा फरक विधामा हुने प्रतिस्पर्धामा आठ देशका रेस्लरको सहभागिता रहेको छ । एम के डब्लु बेल्ट एण्ड रोड च्याम्पियनसिप नाम दिइएको प्रतियोगितामा एशिया अफ्रिका र युरोप देशका सडक र रेलमार्गसँग जोडीने पुरानो सिल्डरोडको अवधारणालाई उतारिएको छ । जसका सबै महादेशका रेस्लरले प्रतिस्पर्धा गर्नेछन ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग र एकेडब्लु चीनको समन्वयमा हुने प्रतियोगितामा नेपाल, चीन, अमेरीका, इंग्ल्याण्ड, हङकङ, न्यूजिल्याण्डका रेस्लको सहभागिता हुनेछ ।

जसमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशालेको सहभागिता रहनेछ । यस्तै अमेरीकाबाट एस सिल्भा, जेडा, जोम्बिाइ ड्रागन र अंकल मनि छन भने बेलायतबाट विग सामले खेल्नेछन ।

चीनका बेम्बो क्रुजर, दा वर्बा, ब्ल्याक माम्बा छन । हङकङका के सी, चियरम्यान एएफ, मिचेल सु छन । यस्तै न्यूजिल्याण्डका टोमी कम्ब्याट छन ।

प्रतियोगितामा दुई बेल्ट विजेता घोषणा गरिनेछ । जसमा बेल्ट एण्ड रोड च्याम्पियनसिप र वल्र्ड च्याम्पियनसिप बेल्ट प्रदान गरिनेछ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर रोपन एण्ड कर्नरमा प्रतिस्पर्धा हुनेछ । खेलका लागि संघले २ किसिमकाे टिकट निर्धारण गरेकाे छ । जसमा ५ सय र एक हजार रूपैयाँ ताेकिएकाे छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey