नवौं राष्ट्रिय खेलकुद ११ जिल्लामा गर्न प्रस्ताव, ५१ कराेड बजेट माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२५
  • |
  • 191 पटक हेरिएको

नवौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले प्रदेशका लागि एघारै जिल्लामा हुने गरि ३५ खेल प्रस्तावित गरेको छ ।

११ जिल्लामा हुने ३५ खेलका लागि समितीले यूवा तथा खेलकूद मन्त्रालय संग पूर्वाधार बिकासका लागि ५१ करोड ३० लाख बजेट समेत माग गरेको छ । माग गरिएको ५१ करोड ३० लाख मध्ये सबै भन्दा ठूलो रकम पौडी पोखरीका लागि छ । समितीले पोखरा रंगशाला भित्र नयाँ पौडी पोखरी निर्माणका लागि ४० करोड माग गरेको हो ।

समितीले हालका लागि प्रस्ताव गरेका ३५ खेलहरु गण्डकी प्रदेशका ११ जिल्लामा हुने गरि विभाजन गरेको छ । प्रदेशको राजधानी पोखरामा २२ खेललाई प्रस्ताव गरिएको छ । जसमा फुटबल, एथलेटिक्स, बक्सिङ, भलिबल, उशु, ह्याण्डबल, हक्की, सुटिङ, श्वाक्वास, जिम्न्याष्टिक, लनटेनिस, सफ्ट टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, गल्फ, शारिरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ र ट्रायथलन रहेका छन ।

त्यसै गरि नवलपुरमा खो खो कब्बडी र कुस्ती, गोर्खामा जुडो र सेपाक्ताक्रो, म्याग्दीमा फुल कन्ट्याक्ट, स्याङजामा आइटिएफ तेक्वान्दो, मनाङमा वुद्धीचाल, तनहुँमा बास्केटबल, लम्जुङमा व्याडमिन्टन, हिमालपारीको जिल्ला मुस्ताङमा टेबल टेनिस, पर्वतमा कराते र वागलुङमा तेक्वान्दो र भारोत्तोलन रहेका छन ।

प्रस्तवित गरिएका जिल्ला संगै खेलकुद पूर्वाधारका लागि समेत छुट्टा–छुट्टै रुपमा बजेट पनि माग गरिएको छ । माग गरिएका केही मध्ये पोखरा रंगशालाको श्वाक्स पूर्वाधार सम्पन्न गर्न १ करोड ५० लाख, व्याडमिन्टनका लागि २ करोड, सुटिङ स्पोट तयार गर्न ९० लाख, क्रिकेटका लागि ९५ लाख रहेका छन । गण्डकी प्रदेशमा आगामी वर्ष २०७७ फागुन २० देखि २७ गते सम्म हुने मिती तय भएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey