Mega Bank

कुस्ती खेल भन्दा माहुरी पाल्न गाह्रोः नरेन्द्र खत्री

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०१-२४
  • |
  • 155 पटक हेरिएको

इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् ।

झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बनेका छन् । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक मौरीपालन थालेका ४३ वर्षीय खत्री खेल छाडेर कृषि व्यवसायमा आउँदा कुनै पछुतो नभएको बताउँछन् ।

‘देशका लागि खेलियो’, उनले भने, ‘कृषि व्यवसायबाट पनि देशलाई केही दिन सकिन्छ भनेर मौरीपालनमा लागेको हुँ ।’ खत्रीले अहिले ८० घार मौरी पालेका छन् । ‘मौरीपालनको आफ्नै तौरतरिका छन्, सोचेजस्तो सजिलो व्यवसाय भने होइन रहेछ’, खत्रीले भने ।

विसं २०५४ देखि २०६५ सम्म लगातार कुस्तीको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खत्रीले २०६५ सालमा एक वर्ष करारमा कुस्ती प्रशिक्षक भएर खलाडी उत्पादनसमेत गरे ।

खेल प्रतिष्पर्धामा रहँदासम्म उनीले राष्ट्रिय स्तरसम्म पदकविहीन हुनुपरेन । विसं २०४८ देखि खेलकूदमा सक्रिय खत्रीले २०७१ सालदेखि घरमा पाँच घार मौरी भित्र्याएर मौरीपालन शुरु गरेका हुन् । ‘स्मृतिका गफले मात्रै देश अघि बढ्न सक्दैन’, उनले भने, “युवा पुस्तालाई कृषि व्यवसायमा लगाउन सक्नुपर्छ ।’

मौरीपालनसँगै मौरी उत्पादनमा समेत जोड दिएका खत्रीले ९० हजारभन्दा बढीमा मौरीका घारसमेत बिक्री गरेका छन् । ‘सानैदेखि मौरीप्रतिको मोहले यसतर्फ लागे’, उनले भने, ‘अहिले मौरीमालनमै दैनिकी चलिरहेको छ ।’ रासस

भर्खरै

Advertisement