युएईविरुद्ध क्रिश गेल र शिमरन हेटमेरको शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 503 पटक हेरिएको

फागुन २२ । आईसीसी विश्वकप छनोटमा क्रिश गेल र शिमरन हेटमेरले शतकीय योगदान दिँदा वेष्ट इण्डिजले एसोसियट राष्ट्र युएईलाई ३५८ रनको विजयलक्ष्य दिएको छ ।

समूह ए अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिजले ५० ओभरमा ४ विकेट गुमाउँदै ३५७ रन बनाएको थियो ।
इण्डिजका लागि क्रिश गेलले विस्फोट ब्याटिङ गर्दै १२३ रन बनाए । ९१ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै गेलले सो योगफल तयार पारेका हुन् ।

गेलले इभिन लुइससँग मिलेर पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका शमिरन हेटमेरले पनि शतकीय योगदान दिए । दोस्रो विकेटका रुपमा गेल आउट हुँदा १९१ रनको स्थितीमा रहेका हेटमेरले ९३ बलमा १४ चौका र ४ छक्का प्रहार गर्दै १२७ रन बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey