स्कटल्याण्डका यी खेलाडी जो नेपालकाे तगाराे बन्न सक्छन्

0

फागुन २२, काठमाडाैं। आर्इसिसी एकदिवशीय विश्वकप अन्तर्गत नेपालले समुहको दोस्रो खेलमा पर्सी बिहीबार स्कटल्यान्डसँग खेल्दैछ।

समुहको पहिलो खेलमा टेष्ट मान्यता देश जिम्बावेसँग हार बेहोरेको नेपालले सुपरसिक्समा पुग्न स्कटल्यान्डलाई पराजित गर्नुपर्नेछ ।

यता पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्टकल्यान्डले नेपालसँग खेल्नुअघि आज हङकङसँग खेल्नेछ ।

स्कटल्यान्डलाई कम स्कोरमा रोक्न नेपालले उसका केहि खेलाडीलाई रोक्नु पर्ने देखिन्छ। को क हुन त ती मुख्य खेलाडी

ब्राड ह्विल

तीव्र गतिका युवा बलर ब्राड ह्विलले अफगानिस्तान विरुद्ध कसिलो बलिङ गर्दै ३ विकेट लिएका थिए। सो खेलमा उनले ९.४ ओभरमा ३६ रन खर्चिएका थिए। २ वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका ब्राडले ६ एकदिवसीय खेल खेल्दै १० विकेट लिएका छन्। नेपाल विरुद्ध पनि ब्राडको बलिङमा स्कटल्याण्ड धरै भर पर्नेछ भने नेपाली ब्याट्सम्यानले सम्हालिएर खेल्नुपर्नेछ ।

रिची बेरिङटन

अफगानिस्तानलाई पराजित गर्दा अलराउण्ड भुमिका खेलेका ३० वर्षीय बेरिङटनले अफगानिस्तानको सुरुवाती चार मध्ये ३ ब्याट्सम्यानलाई सिकार बनाएका थिए भने ब्याटिङमा ६७ रनको योगदान दिए। जसमा उनले म्याकलियोर्डसँग तेस्रो विकेटका लागि २ सय ८ रनको किर्तीमानी साझेदारी गरेका थिए। जुन स्कटल्याण्डका खेलाडीले गरेको साझेदारीमा अहिलेसम्मकै ठुलो हो । दक्षिण अफ्रिकामा जन्मिएका रिचीले अहिलेसम्म ६४ एकदिवसीय खेल्दै १ शतक र ११ अर्धशतक बनाएका छन ।  बलिङमा पनि उनले ४१ इनिङमा २८ विकेट लिएका छन्।

कोलुम म्याकलियोर्ड

मध्यक्रमका ब्याट्सम्यान कोलुम अफगानिस्तान विरुद्धको खेलमा शतक प्रहार गरेका थिए। उनले १ सय ४६ बल खेलेर अविजीत १ सय ५७ रन बनाउदा स्कटल्यान्डले सहज जित निकालेको थियो । सो खेलमा उनले २३ चौका र १ छक्का प्रहार गरेका थिए। २९ वर्षीय कोलुमले ५१ एकदिवसीय खेलमा ६ शतक र ५ अर्धशतक बनाएका छन ।

 

Post Add 1025X115
Loading...