विश्वकप खेल्ने र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२२
  • |
  • 295 पटक हेरिएको

र्‍याफटिङ वल्र्डकपका लागि अष्ट्रेलिया जान लागेको टोलीको आज बिदाइ गरिएको छ । अन्तर्राट्रिय र्‍याफटिङ महासङ्घको आयोजनामा आगामी मे १६ देखी १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने टिमलाई आज चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनिघाट रोराङ गाउँपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरी खेलाडीलाई बिदाइ गरेको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाले अन्य खेल जस्तै र्‍याफटिङलाई पनि महत्वका साथ लिएको बताइन् ।

सो अवसरमा अध्यक्ष गुरुङले प्रशिक्षक निमबहादुर मगरसहित खेलाडीलाई रु ६ लाखको चेक हस्तान्तरण गर्नुभयो । आजै वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले खादा लगाई बिदाइ गरे ।

प्रशिक्षक निमबहादुर मगरले सो प्रतियोगितामा सहभागी हुनका लागि करिब रु ३४ लाख खर्च हुने बताए । बेनीघाट रोराङ गाउँपालिकाले रु ५ लाख, गोरखाको गण्डकी गाउँपालिकाले रु दुई लाख, शहीद लखन गाउँपालिकाले रु एक लाख तथा मनकामना दर्शन प्रालिले रु ५० हजार रहयोग गरेको मगरले बताए ।

बाँकी खर्च खेलाडी आफैले व्यहोर्नेछन् । सुरज गुरुङको कप्तानीमा रहेको उक्त टोलीमा सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दिपेश गुरुङ, पदमबहादुर गुरुङ र रविन मिया रहेका छन् । विसं २०७५ फागुन ७ देखी ९ गतेसम्म चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित त्रिशूली नदीमा भएको तेस्रो राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसीपमा विजेता भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey