विशेष खेलकुद बिहीबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२२
  • |
  • 161 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै ७५ खेलाडी सहभागी हुने शारीरिक अपाङ्गतर्फ १० स्पर्धा समावेश छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । हरेक स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey