पर्वतमा आजदेखि महिला भलिबल सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 371 पटक हेरिएको

फागुन २२ । साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवका अवसरमा संचालन हुने प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।

लिगकम नकाउटका आधारमा फाल्गुन २२ देखि २४ सम्म संचालन हुने प्रतियोगितामा साबिक बजेता शिवम् न्युडायमण्ड एकेडेमी,शसस्त्र प्रहरी बलको एपीएफ क्लब,नेपाल पुलिस क्लब,नेपाल आर्मी,पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र आयोजक दिदि बहिनीको स्थानिय टिमले सहभागिता जनाउने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष कल्पना चापागाईले जानकारी गराईन् ।

साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रायोजनमा पर्बतको कुस्मा बजारमा संचालन हुने प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि,मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको पहिलो दिन लिग खेलहरु खेलाईने छ । दोश्रो दिन सेमिफाईल र तेश्रो दिन फाईनल खेल हुनेछ ।

प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले गर्नु हुनेछ । यस अघि दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियोको आठौं वार्षिकोत्सवको समुद्घाटन पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहालले गर्नु भएको थियो । आजबाट प्ररम्भ प्रतियोगिताको उद्घाटन कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोसीले गर्नु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey