Prabhu Bank

थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा, एपिएफ १-० ले पराजित

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 0 पटक हेरिएको

झापा २१ । सशस्त्र प्रहरीको एपिएफ क्लवलाई एक शुन्यले हराउँदै थ्रीस्टार क्लव झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्रीस्टारको जितमा मार्टिन्सको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुुरुवात देखि नै दुुबै टिमले एक अर्कोको पोष्टमा आक्रमण गरेपनि पहिलो हाफ गोलरहित बन्यो ।

चितवनमा भएको विकाश रनिङ शिल्डको उपाधि विजेता एपिएफ विरुद्ध खेलको २८ औ मिनेटमा थ्रीस्टारका रेजिन धिमालको प्रहार क्रसबार माथिबाट बाहिरीयो । त्यसपछि ३९ औ मिनेटमा रुप लामाको प्रहार पनि पोष्ट नजिकैबाट बाहिरीयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५७ औ मिनेटमा थ्रीस्टारले अग्रता बनायो । सुनील बलको क्रसमा विदेशी खेलाडी मार्टिन्सले गोल गरे ।

७२ औं मिनेटमा थ्रीस्टार खेलाडीले हरी कार्कीलाई डिवक्समा फल गरेपछि एपिएफका खेलाडीले गरेको पेनाल्टीको अपिललाई रेफ्रिले अस्विकार गरे ।

त्यसपछि थ्रीस्टारले तीन वटा राम्रो मौका पाएपनि गोल थप्न सकेन र मार्टिन्सको एकमात्र गोल निर्णायक बन्यो ।