नेपाल हारेको हो, बाहिरिएको होइन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 146 पटक हेरिएको

फागुन २१, काठमाडौं । नेपालले कुनैपनि पूर्णकालीन सदस्य राष्ट्रको टोलीसँग यसअघि एकदिवशीय क्रिकेट खेलेको थिएन । विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाबेसँग खेल्यो र ११६ रनले पराजित भयो ।

थुप्रै मिडिया प्लेटफर्ममार्फत लाखौं नेपाली समर्थकहरु यस नतिजाले निराश भइरहेका होलान्, तर सपना पूरा हुनका लागि केहि समय कुर्नुपर्छ ।

नेपालले खेलमा केहि राम्रो प्रदर्शन गरेको हो तर पूर्णरुपमा सफलता हासिल गर्न सकेन । एशियाली टिमले क्वीन्स स्पोर्टस क्लवको मैदानमा घरेलु दर्शकसामू राम्रो प्रदर्शन गर्न सक्यो ।

क्वीन्स स्पोर्टस क्लवको फ्ल्याट पीचमा ओपनर सेफास जुवाओ र सोलोमोन मिरेले पहिलो विकेटका लागि ४३ बलमा ७७ रनको आक्रामक पारी खेले जुन ठूलो पारीका लागि एउटा सुरुआत थियो । त्यसबीचमा नेपालले दुई रनआउटका अवसर सदुपयोग गर्न असफल रह्यो ।

हालै आईपीएल टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले प्रतियोगिताकै आफ्नो पहिलो बलमा सेफासलाई एलबीडब्ल्यू आउट गराएर नेपालको आशा जगाए ।

त्यसपछि नेपालले थप दुई विकेट लियो । यस्तो लाग्न थालिसकेको थियो कि काठमाडौंका समर्थकका लागि यो यादगार दिन हुनसक्छ । तर, जिम्बावेका पूर्व कप्तान ब्रेण्डन टेलर र उच्च लयमा रहेका ब्याट्सम्यान सिकन्दर राजाले नेपाली बलरहरुमात्रै होइन समर्थकको अपेक्षामै धुलो चटाइदिए ।

टेलर र राजाले आफ्नो ब्याटबाट नेपाली बलरहरुलाई राम्रो सवक सिकाए । राजा ३१औं ओभरमा क्रिजमा आउँदा टेलर ५१ रन बनाएर खेलिरहेका थिए । तर, राजाले निक्कै तीव्र गतिमा रन बटुले र टेलरले भन्दा चाँडै शतक प्रहार गरे ।

जिम्बावेका दुई ब्याट्सम्यान क्रिजमा रहेर क्रिकेटको मजा लिइरहेका थिए । यहाँनेर दुई टिमबीचको अन्तर प्रष्टै देखिन्थ्यो । यी दुईले पाँचौं विकेटका लागि १०५ बलमा १७३ रनको साझेदारी गरे । ४८औं ओभरमा लगातार दुई बलमा राजा र टेलर आउट भएसँगै नेपाल खेलमा फर्किए पनि नहुनुपर्ने सबै भइसकेको थियो ।

मैदानमा डिजेले ‘मावाया वाया’ गीत बजाइरहेका थिए । स्थानीय कलाकार सिन्सोम्यान र सबै समर्थकले एकै स्वरमा त्यो गीत गाए । यस गीतमा मावाया वायाको अर्थ थियो ‘सयौं सयौं’ भन्ने हुन्थ्यो, जुन राजा र टेलरको उपलब्धिका लागि समय सान्दर्भिक थियो ।

दोस्रोतर्फ नेपाली समर्थकको आफ्नो टिमप्रति जुन विश्वास छ, तपाईहरु अझै पनि भन्न सक्नुहुन्छ कि नेपाल अझै पनि सुपर सिक्समा पुग्ने क्षमता राख्छ । निरपेक्ष भएर नेपालको प्रदर्शन हेर्ने हो भने जो कोहीले पनि दोहो¥याएर हेर्न चाहन्छ ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली कप्तान पारस खड्काले हार स्वीकार्दै जिम्बावेको ब्याटिङको सराहना गरे । त्यतिमात्र होइन उनले दुई टोलीबीच स्तरको खाडल पनि उनले स्वीकारे ।

‘मलाई लाग्छ जिम्बाबेले राम्रो ब्याटिङ ग¥यो । बलिङमा हामीले राम्रो प्रदर्शन गर्न सक्थ्यौं तर, कहिले काही यो मुस्किल हुन्छ जव विपक्षी टिम राम्रो ब्याटिङ गरिरहेको हुन्छ । हामीले केहि फरक गर्ने प्रयास गरेका हौं तर, उनीहरुले ३८० रन बनाएर खेल पहिल्यै हामीबाट खोसिसकेका थिए ।’

सबैभन्दा ठूलो टार्गेट पछ्याउने क्रममा उनीहरुसँग दुई बिकल्प हुन सक्थ्यो । बल हेरेर शर्ट सेलेक्ट गरी खेल्ने र लक्ष्य पछ्याउने तथा हार कुरेर बस्ने । नेपालले पर्ख र हेरको पहिलो बिकल्प रोज्यो ।

‘हामीले करिव २६० रन बनायौं, यदि हामीले केहि राम्रो बलिङ गर्न सकेको भए र जिम्बावेलाई २८०–३०० रनभित्र समेट्न सकेको भए नतिजा अर्कै हुनसक्थ्यो किनभने, विकेट राम्रो थियो ।’

यस प्रतियोगितामा नेपालले कम्तिमा एकदिवशीय मान्यता हासिल गर्नका लागि आफ्नो सपना जारी राख्नुपर्छ । एकदिवशीय मान्यता हासिल गर्नका लागि तीन खेल अझै बाँकी छ । नेपालले २६४ रनको शानदार पारी खेलेको छ, प्रतियोगितामा बाँकी खेलहरुका लागि जिम्बावेविरुद्धको अनुभव नेपालले भरपूर प्रयोग गर्नुपर्छ ।

स्कटल्याण्डबिरुद्धको खेलअघि नेपाललाई तीन दिनको समय छ । स्कटल्याण्डले समूह बीकै दावेदार अफगानिस्तानलाई ७ विकेटले हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

नेपालसँग यस्ता प्रतिभा छन् जो इनिङको अन्तिम बलसम्म पनि प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छन्, जस्तो एक महिनाअघि उनीहरुले नामिवियामा देखाएका थिए । विश्वकप छनोट त्यो भन्दा एक स्तर माथिल्लो प्रतियोगिता हो, तर नेपालले आफ्नो प्राकृतिक शैली जारी राखोस् ।

क्रिकबजबाट अनुवादित्

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal