Prabhu Bank

एपीएफले एकैपटक तीन खेलका राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२१
  • |
  • 0 पटक हेरिएको

फागुन २१, काठमाडौं । सशस्त्र प्र्रहरीको एपीएफ क्लवले एकै समयण्मा ब्याडमिण्टन, लन टेनिस र महिला भलिबलको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तीनवटै प्रतियोगिता फागुन २७ देखि चैत २ गतेसम्म हुनेछ । भलिबल र ब्याडमिण्टनका खेलहरु हलचोकस्थित उपीएफ रंगशालामा र लन टेनिस सातदोवाटोस्थि कोर्टमा हुनर लन टेनिस सातदोवाटोस्थि कोर्टमा हुनेछ ।

तीनवटै प्रतियोगिताका लागि खेलाडी तथा टिमले फागुन २५ गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ ।

सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा हुने राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता १० विधामा हुनेछ । जसमा पुरुष र महिला एकलसहित भेट्रान्स लगायतका छन् । प्रतियोगिताको पुरुष एकलको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् भने महिला तर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख १० हजार रुपैयाँ राखिएको छ । नेपाल ब्याटमिन्टन संघको सहकार्यमा हुने प्रतियोगिताबाट खेलाडीको ¥याङिकङको पनि निधो लाग्नेछ । प्रतियोगितामा करीव ४ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

यसैगरी सहवीर स्मृती खुल्ला लन टेनिस प्रतियोगितामा १३ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष र महिला एकलको विजेताले समान ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महिला राष्ट्रिय भलिबल प्रतियोगितामा भने ६ टिमको सहभागिता हुनेछ । जसको विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।