मेस्सीकाे ६०० गाेल, कहाँ र कसरी ?

0

एथलेटिको मड्रिड विरुद्धको खेलमा उत्कृष्ट फ्रिकिक गोल गर्दै लियोनेल मेस्सी करियरको ६०० औं गोल पूरा गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोनाका लागि ५३९ गोल गरे भने आफ्नो देशका लागि ६१ गोल गरेका छन् । यो गोल संख्या उनले खेलेको ७४७ गोलबाट आएको हो ।

यो सिजन ३२ औं गोल गरेका मेस्सीले ला लिगामा मात्र २४ गोल गरिसकेका छन् ।

करियरमा उनीले स्पेनिस क्लब सेभियाविरुद्ध सबैभन्दा बढी २९ गोल गरेका छन् । यस्तै एथलेटिको मड्रिडविरुद्ध पनि २८ गोल गरिसकेका छन् ।

उनले करियरमा ३८ वटा ह्याट्रिक पूरा गरिसकेका छन् । ३० बर्षे मेस्सीले एउटै खेलमा सबैभन्दा बढी ५ गोल गरेका छन् । उनले सन् २०१२ मा जर्मन क्लब बायर लिभरकुषेनविरुद्ध ५ गोल गरेका थिए ।

अर्जेन्टिना र बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ता बनिसकेका मस्सीले ला लिगामा सबैभन्दा धेरै एसिस्ट गर्ने खेलाडी पनि बनेका छन् । उनले गोलका लागि कुल १४८ एसिस्ट गरेका छन् ।

कुन कुन प्रतियोगितामा कस्ता कस्ता गोल गरे ? जानिराखौं ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Post Add 1025X115
Loading...