कराते टोली भाेलि मलेसिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१७
  • |
  • 237 पटक हेरिएको
सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ ।
मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र सिंह, संगम नेपाली, युजिन गुरुङ र ईश्वर विकले प्रतिस्पर्धा गर्ने छन् ।
टोली नेतामा नेपाल रेन्बुकाइ कराते डो संघ अध्यक्ष रेशमलाल लामा, व्यवस्थापकमा प्रेमबहादुर घर्ती, प्रशिक्षकमा कमरुद्दिन अली, अफिसियलमा टेकप्रसाद कट्टेल, अनिता परियार र मनोजकुमार राणा, रिपोर्टरमा पुष्पा खनाल तथा अभिभावकमा अब्दुल हक मुसल्मान रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal