ब्राइटनसँग पनि हार्‍याे आर्सनल, लिभरपुलको जित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 144 पटक हेरिएको

फागुन २०, काठमाडौं । इंग्लिस प्रिमिय लिग फुटबलमा आर्सनल ब्राइटनसँग पराजित भएको छ । पछिल्ला पाँच खेलमा चौथो पराजय ब्यहोर्नेक्रममा आर्सनलले ब्राइटनसँग उसकै मैदानमा २–१ को हार आत्मसाथ गरेको हो ।

घरेलु टोली ब्राइटनका लागि लेविस डंक र ग्लेन मुर्रेले गोल गरेका थिए । यी दुईले खेलको सातौं र २६औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर उवामेयाङले एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा ब्राइटनले आर्सनललाई गोल गर्ने अवसर नै दिएन ।

जितपछि ब्राइटन लिगको २८ खेलबाट ३१ अंकसहित १२औं स्थानमा आएको छ । आर्सनल ४५ अंकसहित छैटौं स्थानमा यथावत छ ।

स्टार खेलाडीअरु अनुबन्ध गरे पनि यस सिजनमा आर्सनलले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । अझ पछिल्ला केहि साता त भने आर्सनलको प्रदर्शन बिर्सनलायक छ । पछिल्लो पाँच खेलमा उसले एउटामा मात्र जित हासिल गरेको छ भने यो लगातार चौथो पराजय हो ।

यस नतिजाले प्रशिक्षक आर्सेन वेंगरमाथि पद छाड्ने दवाव अझै बढेको छ ।

आइतबार नै भएको खेलमा लिभरपुलले भने आफ्नो उत्कृष्ट लयलाई कायमै राख्दा न्युकाशल युनाइटेड २–० ले पराजित भएको छ । जितसँगै २९ लिगखेलबाट ६० अंक जोडेको लिभरपुल कम्तिमा केहि घण्टाका लागि लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाइटेडको ५९ अंक छ भने उसले आइतबार राति नै क्रिष्टल प्यालेससँग खेल्दैछ ।

न्युकाशलबिरुद्ध लिभरपुलका मोहम्मद सलाहले ४०औं मिनेटमा र साडियो मेनले ५५औं मिनेटमा गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey