लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको उपाधि सिद्धार्थ शिशु सदनलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 362 पटक हेरिएको

फागुन २०, कैलाली । धनगढीको सिद्धार्थ शिशु सदनले लिटिल फ्लावर प्रिमियर लिग टि–२० क्रिकेटको उपाधि जितेको छ ।

आइतबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको शानदार जित हासिल गर्दै घरेलु टोलीले उपाधि उचालेको हो ।

विजेता सिद्धार्थले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता लिटिल वुद्धले नगद २५ हजार रुपैयाँमा चित्त बुझायो ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटिल वुद्धले १७.५ ओभरमा सवै विकेट गुमाउँदै ७७ रन मात्रै वनाउन सक्यो । रमेश भट्टले १५ र भीम सार्कीले १४ रन वनाउनुबाहेक अरुले अरुले दोहोरो रन अंक वटुल्न सकेनन् । लिटिल वुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले २/२ विकेट लिए ।

७८ रनको लक्ष्य लिएर मैदान उत्रिएको सिद्धार्थले १०.३३ ओभरमा एक विकेट गुमाएर लक्ष्य भट्टायो । सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकसहित ५४ रन वनाए । दिपेन्द्र थापाले २० रनको योगदान दिए । लिटिल वुद्धका लागि विकास आग्रीले एक मात्रै विकेट लिए । खेलको म्यान अफ द म्याच ठगुन्ना बने ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सिद्धार्थ शिशु सदनका दिपेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान लिटिल वुद्धका रमेश भट्ट, उत्कृष्ट वलर सिद्धार्थका खड्ग वोहोरा चुनिए ।

सीताराम ओझा, धनगढी

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal