गाैरीका सिंह अर्थात ‘कीर्तिमानी जलपरी’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१२
  • |
  • 442 पटक हेरिएको

नेपालमा एउटा उखान छ हुने विरुवाको चिल्लो पात, यो उखान धेरैका लागि लागु हुन्छ । जो भविष्यमा राम्रो गर्ने लक्षण देखाउछ, उसको आनिबानी, हाउभाउ र सैली बच्चा देखि नै फरक हुन्छ । हो नेपाली पौडीकी जलपरी गौरीका सिंहका लागि यो उखान मेल खान्छ । अहिलेकी नेपाली नम्वर एक पौडीवाज गौरीका सिंहले प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा १२ वटा स्वर्ण जितीन । जसमा सात वटा राष्ट्रिय कीर्तिमान बनाइन । यतिमात्र हाेइन उनकाे नाममा २५ वटा अाधिकारीक कीर्तिमान भएका छन ।

करीव ६ बर्ष अगाडी देखि पौडी प्रतियोगितामा सहभागिता जनाएकी गौरीकाले पहिलो प्रतियोगिता देखि नै आफ्ुमा कति क्षमता छ भन्ने सबैलाई देखाएकी थिइन ।

सन् २००२ मा ललीतपुरको पाटन अस्पतालमा जन्मिएकी भएपछि आमा गरिमा सिंह र पिता पारस सिंह बेलायतमा बस्ने भएकाले सानैमा उनी बेलायत पुगिन । बच्चैदेखि पौडीमा सोख राख्ने भएकाले उनका आमाबुवाले पनि उनको त्यो चाहनालाई मर्न दिएनन् । बरु कसरी हुन्छ, उनको त्यो चाहनालाई करियर बनाउन सकिन्छ भनेर ध्यान दिए ।

ब्यस्त बेलायती जीवनमा बुवा डाक्टर पेशामा हुदा उनकी आमा गरिमाले गौरीकाको पुर्ण हेरचाह गरिन । त्यहि पनि उनलाई पौडीको प्रशिक्षणमा लान आमाबुवाले समय निकाल्थे । ब्यस्त जीवनबाट समय निकालेर बुवा पारसले पनि गौरीकालाई प्रशिक्षणमा लग्थे ।

बेलायतको एक चर्चित क्लवमा पौडी प्रशिक्षण गर्ने गरेकी गौरीकाले जस्तो सुविधा पाइन, त्यो सायद नेपाली अरु खेलाडीले पाउथे होला, सुविधासम्पन्न कोप्टहल पौडी क्लवमा प्रशिक्षण गरेकी गौरीकाले आफ्नो सिप पनि त्यहि अनुसार निखार्दे गइन ।

पहिलो नेपाली प्रतियोगिता

गौरीकाले पहिलो पटक सन् २०१४ मा काठमाडौंमा भएका ग्यालेक्सी कप पौडी पोखरीमा सहभागिता जनाइन । नेपाली पौडीमा नसुनीएको गौरीका सिंह भन्ने नाम त्यसपछि एकाएक चर्चामा पुग्यो । कारण गौरीकाले सो प्रतियोगितामा चार वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउदै सात वटा स्वर्ण जितीन । उनले आफुले सहभागिता जनाएकी प्रायसबै विधामा स्वर्ण जित्दा नेपालमा सो बेलाका नम्वर एक पौडीवाज पनि पछि परे ।

सो बेला बेलायतमा विदा परेकाले परिवारसँग छुट्टी मनाउन आउँदा काठमाडौमा पौडी प्रतियोगिता भएकाले सहभागिता जनाएको बताइयो । तर गौरीकाको लक्ष्य त्यो बेला पनि एउटै थियो र अहिलेपनि एउटै छ । नेपालका लागि ओलम्पिकमा पदक दिलाउने ।

गौरीकाको पदकको यात्रा यतिमा रोकिएन । पहिलो सहभागितामा चर्चासँगै सफलता पनि पाएकी गौरीका बेलायत पुगेपछि स्कुल जाने र दिनमा कम्तिमा तीन घण्टा प्रशिक्षण गरिन । उनी फेरी २०१५ मा नेपालमा भएको खुल्ला राष्ट्रिय तथा उमेर समुहमा सहभागिता जनाउन काठमाडौं आइन । सो बेला पनि उनले तीन वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितीन । एकपछि अर्को राष्ट्रिय कीर्तिमान भंग गर्दै गौरीकाको यात्रा अगाडी बढिरहदा उनको यात्रामा धक्का लगाउने काम पनि नभएको होइन ।

गाैरीकाकाे नाममा विवाद

सोहि बर्ष विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउन जानु अगाडी गौरीकालाई नेपाल पौडी संघले नाम नपठाउने जस्तो काम गर्नपुग्यो । कारण थियो, गौरीकाले नेपाली टिमसँग प्रशिक्षण गरिनन्, बेलायतमा प्रशिषण गरेर कसरी विश्व च्याम्पियनसिपमा नाम पठाउने भनेर ।

तर त्यसका विरुद्ध गौरीकाका आमाबुवाले ठोस कदम चाले । यो कारण पौडी संघका महासचिव जगत श्रेष्ठ र अध्यक्ष अशोक बर्जाचार्यमा केहि मनमुटाव पनि भयो । तर अन्ततः गौरीकाले दुबईमा भएको विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने मौका पाइन । त्यसअघि उनले सोहि बर्षको अगष्टमा रसियाको कजानमा भएको विश्व एक्विटिक च्याम्पियनसिपमा सहभागिता जनाउदै एक सय मिटर ब्याकस्ट्रोक राष्ट्रिय कीर्तिमान बनाइन ।

सागकाे त्याे सफलता

सन् २०१६, देश भारतको गुवाहाटी, यो प्रतियोगिता गौरीका र नेपाल पौडीका लागि ऐतिहासिक बन्यो । दक्षिण एशियामा पौडीमा नेपाल खासै राम्रो टिम नमानिएपनि यो प्रतियोगिताबाट हेर्ने नजर फरक भयो । कारण गोरीकाले नेपालका लागि एक रजतका साथै तीन काश्य पदक जितीन । उनी एउटै सागमा पौडीमा चार पदक जित्ने पहिलो खेलाडी बनिन् । गौरीकाले सागमा दुई सय मिटर मिड्लेमा रजत जित्दा, एक सय मिटर ब्याकस्टोक, दुई सय मिटर ब्याकस्टोक र चार सय मिटर फ्रिस्टाइलमा काश्य जितीन ।

सन् २०१६ मा गौरीकाले आयरल्याण्डमा भएको आइरीस ओपन च्याम्पियनसिपमा सहभागिता जनाइन । सो प्रतियोगितामा उनले पदक जित्न नसकेपनि महिला दुई सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तीमान बनाइन ।

सन् २०१६, देश ब्राजिल, स्थान रियो दी जेनेरियो । प्रतियोगिता थियो रियो ओलम्पिक । यो प्रतियोगिताले गौरीकालाई विश्वभर चिनियो । कारण ओलम्पिकमा सहभागिता जनाउने उनी सबै भन्दा कान्छी खेलाडी बनिन् । ब्यक्तिगत रुपमा उनले राम्रो गर्न नसकेपनि ओलम्पिक खेल्ने कान्छी खेलाडी को भन्दा गौरीकाको नाम दस्तावेजमा दर्ता भयो ।

तर सो ओलम्पिकमा पनि उनीमाथि केहि आरोप नलागेका होइनन् । नेपाली टिमको जर्सि लगाएन, खेलपछि टिमसँग नहिडेको आफ्नै किसिमले हिडेको जस्ता, तर ती सबैलाई उनले प्रष्ट्याउदै यसमा नेपाली टिमको गल्ति नै हो भन्ने सबैलाई बुझाइन ।

हाल १६ बर्षमा हिडिरहेकी गोरीकाले फेरी एक पटक एकै प्रतियोगितामा १२ वटा स्वर्ण जित्दै आफु समय अनुसार निखारिदै गएको प्रष्ट पारेकी छिन । स्ट्यान्डर्ड पौडी पोखरी भन्दा सानोमा खेलाइएको आठौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगितामा गौरीकाले जस्तो प्रदर्शन गरिन । त्यो आफैमा पनि गर्व गर्न लायक विषय हो । आठौंमा सबै भन्दा सफल र आकर्षको केन्द्रविन्दु बनेकी गौरीकाले देशका लागि जति गर्छु भनेर सोचेकी छिन, त्यसलाई कसरी हुन्छ, सफल बनाउन नेपाली खेलकुदले योजना बनाउनुपर्छ ।

गाैरीकाकाे कीर्तिमानी यात्रा यतिमा पक्कैपनि राेकिने छैन । अब उनकाे अर्काे लक्ष्य नेपालमा नै हुने भनिएकाे दक्षिण एशियामा स्वर्ण जित्ने रहेकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey