अन्तर्राष्ट्रिय पदक विजेता बक्सर पुनमलाई गृहजिल्लामा सम्मान

0

फागुन २०, काठमाडौं । गत महिला भारतमा भएको इण्डियन ओपन बक्सिङमा नेपालका लागि पदक जितेकी महिला बक्सर पुनम रावल गृहजिल्लामा सम्मानित भएकी छन् ।

बजुराको मार्तडीकी २० वर्षीया पुनमले इण्डियन ओपन बक्सिङमा काश्य जितेकी थिइन् । उनी त्रिभुवन आर्मी क्लवकी खेलाडी हुन् ।

पदक जितेपछि पहिलो पटक गृहजिल्ला बाजुरा पुगेकी पुनमलाई मार्तडी नगरपालिका ८ स्थित उनले अध्ययन गरेको बिद्यालय मालिका उच्च माविले कदरपत्रसहित सम्मान गरेको हो । खेलको माध्यमबाट बाजुराजस्तो बिकट जिल्लाको नाम अन्तर्राष्ट्रिय स्टरमा चिनाउन सहयोग गरेको भन्दै बिद्यालयले उनलाई सम्मान गरेको हो ।

सम्मानपछि नेप्लेजसँग कुरा गर्दै पुनमले आफ्नो गाउँ ठाउँमा सम्मानित हुन पाउँदा अझै राम्रो खेल्ने हौसला मिलेको प्रतिक्रिया दिइन् ।

पुनमले बाजुरामै रहेर प्रशिक्षक योगेन्द्र थापासँग बक्सिङ सिकेकी थिइन् । जिल्लास्तरको प्रतियोगिता हुँदै उनी त्रिभुवन आर्मी क्लवमा आबद्ध भएकी हुन् ।

तस्वीरः प्रेम राैले, रासस, बाजुरा

Post Add 1025X115
Loading...