नबाै राष्ट्रिय खेलकुदकाे आयाेजनाकाे जिम्मा गण्डकी प्रदेशले पाउने स‌म्भावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१०
  • |
  • 222 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भोली समापन हुदैछ । यस्तौमा अब नबौं सस्करणको आयोजनाको जिम्मा कसले पाउँछ भन्ने जिज्ञासा पनि धेरैलाई भइसकेको छ ।

हरेक संस्करणको प्रतियोगिता सकिएपछि अर्को संस्करणको आयोजनाको घोषणा गरिने नियम अनुसार नबौं सस्करणको आयोजनाका लागि दुई वटा प्रदेशको दावेदारीता रहेको छ । प्रदेश २ र गण्डकी प्रदेश ।

सातौं संस्करणको समापनका बेला पनि पोखराले आठौंको आयोजनाको मौका पाउन भनेर तत्कालिन पश्चिमाञ्चल खेलकुद विकाश समितीका अध्यक्ष खगराज पौडेल झण्डा लिनका लागि हौसिएका बेला रातारात पश्चिमाञ्चललाई आठौंको जिम्मा दिइएको थियो ।

सो बेला परिषद्को बैठकले रातारात पोखराको सट्टा नेपालगञ्जमा आठौं गर्ने निर्णय गरेको थियो । तर यसपटक सिनारियो फरक जस्तै छ ।

प्रदेश २ र गण्डकी प्रदेशमा नबौंको आयोजनाको जिम्मा गण्डकीले पाउने बलियो संभावना रहेको छ । किनकी पुर्वाधारका हिसावले अन्य सुविधाका हिसावले पनि पोखरा प्रदेश २ भन्दा सहज र अगाडी पनि छ ।

त्यसमा पनि नेपालगञ्जले आठौंको जिम्मा पाउन मन्त्री दलजित श्रीपालीको जति हात रहेको थियो, यसपटक गण्डकी प्रदेशले पाउन खेलकुद मन्त्रीको पनि ठुलो हात हुनेछ । किनकी मन्त्री जगतबहादुर विश्वकर्माको क्षेत्र पोखरा नै रहेकाले अबको संस्करण आफ्नै कार्यकालमा पोखरामा गर्न चाहन्छन । त्यसैले पनि पोखराले पाउने संभावना धेरै रहेको छ ।

अर्को आठौंको आयोजनाको जिम्माबाट चुकाएको पोखरालाई नबौंको आयोजना दिएर क्षतीपुर्तीका रुपमा पनि सुल्झ्याउन चाहन्छ ।

आठौंको समापन यस्तो हुनेछ

नेपालगञ्जको महेन्द्र रंगशालामा हुने आठौंको समापनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आउनेछन । समापन तीन बजेबाट राखिएको छ ।

तीन बजेबाट सुरुहुने कार्यक्रमको सुरुवातमा आधाघण्टा विभिन्न कार्यक्रम गरिनेछ । उपराष्ट्रपतिको आगमनपछि पुरुष फुटबल खेलको सुरुवात हुनेछ । फुटबल सकिएपछि केहि नाचगानका कार्यक्रम रहेका छन । त्यसपछि सहभागि सबै टिमले मार्चपास गर्नेछन । मार्चपास सकिएपछि फेरी दुई वटा सास्कृतिक कार्यक्रम राखिएको छ ।

समापनको अन्तिममा उपराष्ट्रपतिको मन्तब्य र झण्डा हस्तान्तणको कार्यक्रम राखिएको छ । प्रतियोगिताको अधिकांस खेलहरु सकिएका छन । अन्तिम दिन भलिबल, फुटबल लगायतका ५ खेलको छिनोफानो हुनेछ । तर ती सबै समापन अगाडी हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey