गाैरीकाकाे फेरी राष्ट्रिय कीर्तिमान, कुल स्वर्ण ८ पुर्याइन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१०
  • |
  • 187 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ओलम्पियन गौरीका सिंहले ब्यक्तिगत स्वर्ण संख्या आठ पुर्याएकी छिन । आज भएको प्रतिस्पर्धामा गौरीकाले एउटा राष्ट्रिय कीर्तिमान सहित तीन स्वर्ण जितीन ।

नेपालगञ्जमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर बटरफ्लाइमा एक मिनेट सात दशमलव नौ सात सेकेण्डको समय निकाल्दै स्वर्ण जितीन । उनले आफ्नै नाममा रहेको एक मिनेट आठ दशमलव ६ तीन सेकेण्डको समय सुधार गरिन ।
यस्तै उनले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण हात पारिन । निर्धारीत दुरी उनले दुई मिनेट नौ दशमलव १९ सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा डौना लामा रहिन ।

महिला दुई सय मिटर ब्याकस्ट्राकको स्वर्णपनि गौरिकाले नै जितीन । उनले दुई मिनेट ४१ दशमलव २५ सेकेण्डको समय निकाल्दै पहिलो भइन । दोस्रो स्थानमा अनुस्का पोखरेल रहित ।

यस्तै महिला चार गुणा एक सय मिटर रिलेमा गौरीका सम्मिलित आर्मीको टिमले स्वर्ण जित्यो । पुलिसको टिमलाई पछि पारेको आर्मीले चार मिनेट ५१ दशमलव ८९ सेकेण्डमा दुरी पुरा गर्यो । गौरीकाले पौडीको पहिलो दिन दुई र दोस्रो दिन दुई स्वर्ण जितेकी थिइन ।

पुरुष तर्फ आर्मीका अनुभव सुब्बाले एक सय मिटर बटरफ्लाइमा नयाँ रेकर्ड बनाउदै स्वर्ण जिते । उनले हिट चरणमा एक मिनेट ५३ मिलिसेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए । तर फाइनल राउण्डमा उनले एक मिनेट ६२ मिलिसेकेण्डको समय निकाल्दै स्वर्ण जिते ।

पुरुषकै ५० मिटर ब्रेष्स्टोकमा एपीएफका शुभंम श्रेष्ठले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जिते । उनले हिट चरणमा ३१ दशमलव ६० सेकेण्डमा दुरी पुरा गर्दै रेकर्ड बनाएका थिए । फाइनल राउण्डमा उनले ३१ दशमलव ९० शुन्य सेकेण्डको समय निकाले ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey