तेक्वान्दोमा पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१०
  • |
  • 272 पटक हेरिएको

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन भएको छ ।

नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको छ ।

त्यसै गरी ६ स्वर्ण ४ रजत र ७ काश्य पदक सहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो स्थानमा आएको छ । उता अर्को बिभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदक जित्न सफल भयो । स्वर्ण र रजतको २१ । २१ पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमलेनै जितेका छन् ।

स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे ।

त्यस्तै प्रदेश २ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए ।

प्रतियोगितामा बेष्ट फाईटर पुरुष तर्फको पुरस्कार नेपाली सेनाका सक्षमकार्कि र बेष्ट फाईटर(महिला)तर्फ नेपाली पुलिसका रेजिना कार्कि घोषित भई पुरस्कृत भए भने बेष्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।

मंगलबार सम्पन्न समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते ।

त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् ।

पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते ।

महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे ।

पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते ।

महिला ७३ केजि तौल माथि मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुंगले रजत जितिन ।

प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal