करातेमा विभागीयको वर्चश्व कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०९
  • |
  • 466 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा ६ वटा इभेन्टसमध्ये चारवटा स्वर्ण पदक विभागीय टिमले जितेका छन् ।

आज भएको पुरुषको ८४ केजी मुनिको स्वर्ण पदक नेपाल प्रहरीका दिवश श्रेष्ठले जितेका छन् । उनले एपीएफमा भीम तामाङलाई १३–५ को अंकमा पराजित गरे । प्रदेश ७ का हेमराज थापा र प्रदेश ५ का नारायण गुरुङ तृतिय भए ।

पुरुषकै ७५ केजी मुनि तौल समुहको स्वर्ण पदक नेपाल प्रहरीका गंगाराम कुशुवारले जितेका छन् । प्रदेश पाँचका उमेश गुरुङ दोस्रो भ एभने प्रदेश ७ का लोकेश पार्की र एपीएफका मोहम्मद शेख आलम संयुक्त रुपमा तेस्रो भए । पुरुषकै ६७ केजी मुनि तौल समुहमा प्रदेश ४ का नवीन रासाइलीले स्वर्ण पदक जित्दा एपीएफका सुवास दवाडीले रजत पदक जिते । प्रदेश १ का रोजन खड्का र कर्णालीका अर्जुन कुमार बाघचनले कास्य पदक हात पारे ।

महिला तर्फ ५५ केजी मुनि तौल समूहको स्वर्ण पदक प्रदेश १ की अस्मिता राईले जितिन् । एपीएफकी सोनी राईले रजत जित्दा पुलिसकी अर्मिला डिसी र आर्मीकी सम्झना घिसिङले कास्य पदक जिते । ६८ केजी मुनिमा आर्मीकी शनि तामाङले प्रदेश ३ की निरुपा तामाङलाई हराउँदै स्वर्ण पदक हात पारिन् । एपीएफकी रुपा महर्जन र प्रदेश ७ की शर्मिला घर्तिमगरले कास्य पदकमा चित्त बुझाए ।

६१ केजी मुनिमा नेपाल पुलिसकी एस्तर राईले स्वर्ण पदक जित्दा एपीएफकी मनिषा चौधरीले रजतमा चित्त बुझाइन् । प्रदेश ४ की अनु गुरुङ र प्रदेश २ की खुस्बु खड्का कास्यमा सिमित बने ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey