आठौंकाे पाैडीमा २ वटा राष्ट्रिय कीर्तिमान बन्दा गाैरीकाले जितिन ४०० मिटरमा स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०९
  • |
  • 448 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा दुईवटा राष्ट्रिय कीर्तिमान कायम भएका छन् । कायम भएका दुबै कीर्तिमान हिट चरणमा भएका हुन् ।

५० मिटर बटरफ्लाईको हिटमा नेपाल पुलिस क्लबका शयद हम्जा शाहले २७.१० सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमान आफ्नो नाममा सारेका हुन् । यसअघि यो विधामा अनुभव सुब्बाको नाममा २९.७१ सेकेण्डको रेकर्ड थियो । आर्मीका अनुभवले पनि आफ्नो समयमा सुधार गरेका छन् । उनले २७.७१ सेकेण्डमा दूरी पार गरे ।

पुरुषकै १०० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले पनि कीर्तिमान कायम गरेका छन् । ५५.३८ सेकेण्डमा दूरी पार गर्दै एलेक्सले शिरिष गुरुङको नाममा रहेको ५७.०३ सेकेण्डको कीर्तिमान आफ्नो नाममा सारे । पौडीमा आज दुईवटा इभेन्ट सकिएका छन् । पुरुष चार सय मिटर फ्रिस्टाइलको स्वर्ण पदक एनआरएनएका नापन दोर्जी शेर्पाले जिते । उनले ४ मिनेट ३३.०९ सेकेण्डमा दूरी पार गरे ।

एपीएफका नासिर हुसेन ४ मिनेट ३९.४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भए भने एपीएफकी उर्गेन महर्जनले कास्य जिते । कास्य जित्ने क्रममा उनले ५ मिनेट १.५० सेकेण्ड मार्क गरेका थिए ।

४०० मिटर फ्रिस्टाइलको महिला तर्फको स्वर्ण पदक आर्मीकी गौरिका सिंहले जितिन् । उनले ४ मिनेट ४४.८१ सेकेण्डमा दूरी पार गरेकी थिइन् । आर्मीकै डुवाना लामा ४ मिनेट ५०.४७ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भइन् भने एपीएफकी टिसा शाक्य ५ मिनेट १२.०४ सेकेण्ड मार्क गर्दै कास्य पदकमा सिमित बनिन् ।

पौडी तर्फ आज अन्य आठ विधाका खेलहरु पनि संचालन हुनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey