एक क्लिकमा आठौं राष्ट्रिय खेलकूदः कस्ले राखे रेकर्ड कस्ले जीते स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०७
  • |
  • 299 पटक हेरिएको
बैशाख ७ गते ।  आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका हुन् । दुवै १ सय मिटर दौडमा पनि पहिलो भएका थिए ।
दाङको बेल्झुण्डीमा भएको स्पर्धामा आशिषले निर्धारित दूरी २१.८३ सेकेन्डमा पूरा गरे । आर्मीका अभिषेक चौधरी दोश्रो तथा प्रदेश ४ का प्रकाश राना मगर तेश्रो भए । महिलाको निर्धारित दूरी तय गर्न सरस्वतीले २६.२६ सेकेन्ड समय खर्चिन् । प्रदेश ५ की जयरानी चौधरी दोश्रो तथा आर्मीकी कृष्णा चौधरी तेश्रो बने ।
पुरुष डिस्कस थ्रोमा आर्मीका चित्रबहादुर ओली पहिलो भए । उनले ३७.०२ मिटर टाढा फाले । प्रहरीका पुस्कल खड्का दोश्रो तथा प्रदेश १ का रन्जिल श्रेष्ठ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मीकी अमृता महतो पहिलो भइन् । अमृताले ३६.०३ मिटरको प्रदर्शन गरिन् । प्रदेश ५ की संगीता अधिकारी दोश्रो तथा एपीएफकी जितकुमारी महतो तेश्रो स्थानमा रहे ।
पुरुष हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीले स्वर्ण जिते । उनले १.८५ मिटर उचाई नाघे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै विकास खाँड ठकुरीले कांस्य जिते । सो स्पर्धाको महिलामा १.५० मिटर उचाइ नाघ्दै एपीएफकी शिला चौधरी शीर्ष स्थानमा रहिन् । आर्मीकी संगीता सिन्जाली दोश्रो भइन् । प्रदेश १ की विन्दु चौधरी र प्रदेश ५ की अनिता चौधरी संयुक्त रुपमा तेश्रो भए ।
सुटिङ : अस्मिता शीर्ष स्थानमा
आठौंअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् ।
प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुशे चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५५५ अंकमा तेश्रो स्थानमा छन् ।
पुरुष १० मिटर एयर पेस्तोलको व्यक्तिगतमा आर्मीका कुवेर केसी पहिलो, प्रहरीका सुकदेव चौधरी दोश्रो र प्रदेश २ का जग्गीलाल महतो तेश्रोमा छन् । उक्त स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर पहिलो, सुदूरपश्चिमकी सावित्री बोहरा दोश्रो र प्रदेश १ की कमला राई तेश्रो स्थानमा छन् ।
राइफलको पुरुषमा १६ र महिलामा १७ तथा पेस्तोलको पुरुष÷महिला दुवैमा समान १६–१६ खेलाडी सहभागी छन् । सबै खेल सकिएपछि फाइनलमा पुग्ने शीर्ष ८ खेलाडीको टुंगो लाग्नेछ । आठ खेलाडीबीचको फाइनल २४० अंकको हुनेछ भने क्वालिफाइङ चरणका खेल ६ सय पूर्णाङकमा भइरहेको छ ।
नेपालगन्ज रंगशालाको परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा सातै प्रदेश, प्रहरी र आर्मीका ६५ खेलाडीले व्यक्तिगत र टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषको २४ औं तथा महिलाको २३ औं संस्करण हो ।
खो खो : आर्मीको दोहोरो जित
आठौंअन्तर्गत राष्ट्रिय खो खोमा आर्मीले दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित ग¥यो । पुरुषको अर्को खेलमा एपीएफले प्रदेश ४ लाई १४–५ ले हरायो ।
महिलाको अन्य खेलमा प्रदेश ३ ले प्रदेश ४ लाई १९–१३, प्रदेश ५ ले प्रदेश ६ लाई २५–३ र प्रदेश ७ ले प्रदेश २ लाई १२–४ ले निराश पारे ।
सेपकताक्रो : आर्मीलाई दुई स्वर्ण
आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो ।
बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित ग¥यो । रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका थिए । प्रदेश ३ ले सुदूरलाई २–० ले हराउदै तेश्रो भयो ।
महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो । आर्मीको टिममा चन्द्रा चौधरी, सोममाया थापा मगर, सुमित्रा डंगोल, इनु चौधरी र रुथ श्रेष्ठ छन् । गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउदै तेश्रो भयो ।
आर्चरी : अशिम र मुकेश फाइनलमा
आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष रिकर्भ टिम ७० मिटरमा कास्कीले अन्नपूर्णलाई ६–२ तथा प्रहरीले आर्मीलाई ५–१ ले पाखा लगाउदै फाइनलमा पुगे । रिकर्भ मिक्स टिममा आर्मीका रोशन र ज्ञानु तथा डम्बर थापा र आईशा तामाङको जोडी फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५० मिटर व्यक्तिगत कम्पाउन्डमा कास्कीका जाग्री गुरुङले कञ्चनपुरका होम थापा मगरलाई १४३–१२६ तथा कास्कीका राजेश राणाले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १४१–१२४ ले पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
पुरष ३० मिटर व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङले बेस्ट आर्चरीका ग्रीष्मा गुरुङलाई ६–० तथा बेस्ट ग्रुपकै प्राण्जल राईले आर्मीका कमल दानीलाई ६–० ले पराजित गरी फाइनलमा पुगे । सो स्पर्धाको महिलामा अर्चना थापा मगरले सोलिना गुरुङलाई ७–१ तथा अनुषा गुरुङले एपीएफकी सोनु जया राईलाई ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोनु एपीएफ तथा बाँकी अन्नपूर्णका हुन् ।
पुरुष ३० मिटर टिममा आर्मीले थसाङलाई ५–३ तथा बेस्टले कास्कीलाई ५–३ ले निराश पार्दै फाइनलमा स्थान बनाए । त्यसै स्पर्धाको महिलामा अन्नपूर्णले सुनसरीलाई ६–० तथा कञ्चनपुरले आर्मीलाई ५–१ ले हराउदै फाइनलमा पुगे ।
मिक्स स्ट्यान्डर्ड ३० मिटरमा अन्नपूर्णका राजकुमार छन्त्याल र अर्चना थापा तथा आर्मीका तविन गुरुङ र मन्जु बजगाईंको जोडी फाइनलमा पुगे ।
ह्यान्डबल :
आठौँ अन्तरगत शनिवार विहान भएको पुरुष हेन्डबल खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित ग¥यो ।
यसैगरि, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ वीच भएको खेल बराबरी भएको छ । दुवै टिमले समान १४–१४ गोल गरेपछि दुवै टिमले समान अंक बाँडेका छन् ।
त्यस्तै, शनिवार दिउँसो भएको पहिलो खेलमा एपीएफ क्लव विजयी भएको छ । प्रदेश १ लाई २६–१० ले एपीएफले पाखा लगायो ।
पुरुष हेन्डवल प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १४–३६ गोल अन्तरले पराजित ग¥यो । भने, दिउँसो नै भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई २६–१५ गोलले स्तब्ध बनायो ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा शनिवार विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।
पहिलो खेलमा नेपाली सेनाले प्रदेश ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले स्तब्ध पा¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले पाखा लगायो ।
यसैवीच, प्रतियोगिता अन्तरगत शनिवार दिउँसो भएको महिला हेन्डबल खेलमा विभागिय त्रिभुवन आर्मी, एपीएफ र गण्डकी प्रदेश विजयी भएका छन् ।
पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ०–२४ को पराकिलो अन्तरले पाखा लगायो । त्यस्तै दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई २–३६ गोल अन्तरले हरायो ।
त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई ७–४४ गोल अन्तरले हराउँदै जित निकाल्यो । शनिवार नै भएको अर्को खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले स्तब्ध पारेको हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालले जानकारी दिए ।
आईटीएफ तेक्वान्दो :
आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा शनिवारसम्मका खेलमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ ।
नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत शनिवारसम्म भएका सींगल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ । त्यस्तै, एपिएफले ४  र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । यसैविच, शनिवार भएको ४६ देखी ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्यांगीले आर्मीका पुर्ण घर्तिलाई हराउदै प्रदेश ५ को खाता खोलेका हुन् । उनले पनि स्वर्णपदक जितेका छन् ।
त्यस्तै, शनिवार विहान भएका सींगल प्याट्रनका खेलमा प्रदेश ४ कि सुस्मीता थापालाई हराउदै एपिएफकी अप्सना तामाङले स्वर्ण जीतेकि छिन् । त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउदै एपिएफकै सन्चीता लामाले पनि स्वर्णपदक जितीन् । पुरुषतर्फको सींगल प्याट्रनमा प्रदेश ३ का सौरभ घिमीरे, आर्मीका भिम वहादुर तामाङ र आर्मीकै पुर्ण वहादुर मगरले स्वर्णपदक जितेका छन् । ग्रुप प्याट्रनमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफकको नाम्गेल तामाङको समुहले स्वर्णपदक प्राप्त गरेको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गर्नुभएको छ ।
प्रतियोगीतामा ७ प्रदेशसहित २ विभागीय टिम गरी कुल ९ टिम सहभागी रहेको नेपाल आइटिएफ तेक्वान्दो संघ प्रदेश नं ५ का अध्यक्ष विरेन्द्रवहादुर शाहिले जानकारी दिनुभएको छ । उहाँका अनुसार, एक प्रदेशबाट १४ जना पुरुष र ११ जना महिला गरी २५ जना खेलाडि सहभागी भएका छन भने एउटा प्रदेशबाट २ जना प्रक्षिक्षक सहभागी छन् । कुल २ सय २५ जना खेलाडि सहभागी प्रतियोगीतामा ४ वटा इभेन्ट हुन लागेका छन् । फाइट, प्याट्रन, ग्रुप स्पारीङ र ग्रुप प्याटन गरी ४ वटा इभेन्टमा खेल हुने उहाँले बताउनुभएको छ । शुक्रबार साँझदेखी सुरु खेल वैशाख १० गतेसम्म चल्ने छ ।
पुरुष फुटबल  : आर्मीको दोस्रो जित  
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम
त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । आर्मीले कर्णाली प्रदेशमाथि ७–० विशाल गोल अन्तरको जित निकालेको हो । देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे ।
खेलको ५६ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दैै ह्याटिक पुरा गरेका थिए । यसैगरि खेलको २९ औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाए । पहिलो हाफमा ३ शुन्यले पछि परेको कर्णाली प्रदेश दोस्रो हाफमा थप ४ गोल खान पुग्यो । खेलको ४३ औ मिनेटमा टेक बहादुर बुढाथोकी तथा खेलको ६२ र ७६ औ मिनेटमा सुमन अर्यालले गोल गरे ।
आर्मीसंग कडा प्रतिस्प्रर्धी देखिएको पुलिस प्रदेश २ संग भने फितलो खेल पस्केको थियो । शुरुवातबाट नै आक्रमक खेल पस्केको प्रदेश नं. २ पुलिसलाई बराबरीमा रोक्दै अंक बाडेको छ । खेलको २९ औ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर खेलको ३७ औ मिनेटमा प्रदेश नं. २ का निर बहादुर आलेले गोल फर्काउदै बराबरीमा ल्याए । खेलको ४३ औ मिनेटमा पुलिसका हरि कठायतले अर्को गोल गरे । सुमन लामाको क्रममा हरिले आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाएपनि प्रदेश नं. २ का टंक बहादुर सिग्देलले बराबरी गोल गरेका थिए ।
आईतबार लिग चरणको अन्तिम दिनको खेलमा सुदुरपश्चिमाञ्चल प्रदेशले त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेशसंग सामना गर्ने छ ।
महिला फुटबल 
दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ । उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन् ।
पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
दोस्रो हाफ शुरु भएको पाँच मिनेट पछि नै प्रदेश तीनका लागि कप्तान ममता थापा मगरले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले पनि २–० को अग्रता बनाएको थियो । यसैगरी ६२ औं मिनेटमा पार्वती घलेले एक गोल थपिन् । त्यसपछि गोल नभएपछि  प्रदेश तीन विजयी हुन सफल भयो ।
प्याराग्लाइडिङ तर्फको खेल शुरु, एक्यूरेसी र क्रसकन्ट्रितर्फ पहिलो दिन मिश्रित परिणाम
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पहिलो दिन सोमबार एक्यूरेसी र क्रसकन्ट्री तर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन ।
पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।
टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि सुदुर पश्चिम प्रदेश ११७० अंकका साथ चौथो, १८९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौ स्थानमा रहेको छ ।
इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ  नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ प्रथम स्थान बनाउन सफल भएका छन भने गण्डकी प्रदेशका अनिष भट्टराईले दोश्रो स्थानमा रहंदै ११ अंक बटुलेका छन । त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।
महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ  २७४ अंकका साथ अगाडी रहेकी छन भने प्रदेश नं ३ की बिबी सिङताङ ३६१ अंकका साथ दोश्रो स्थानमा रहेकी छन ।  तेश्रो स्थानमा गण्डकी प्रदेशकी ५०१ अंकका साथ प्रतिभा बोगटी रहेकी छन ।  तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी हुन ।
पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।
सम्पन्न क्रसकन्ट्रि तर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन बनाउन सफल भएका छन । यसै गरि नेपाली सेनाका विशाल थापा ९०६ अंकका साथ दोश्रो स्थान र गण्डकी प्रदेशका शेर बहादुर गुरुङ ९०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन । दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।
यसै गरि क्रसकन्ट्रि महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका साथ पहिलो स्थान बनाएकी छन भने नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंकका साथ दोश्रो र प्रदेश १ की सुष्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा रहेकी छन ।
यसै गरि टिम क्रसकन्ट्रि तर्फ भने गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंकका साथ पहिलो स्थान बनाएको हो । प्रदेश ३ ले ३१५९ अंकका साथ दोश्रो र नेपाली सेनाले २७१७ अंकका साथ तेश्रो स्थान बनाएको छ ।
पहिलो दिनको खेल निकै प्रतिष्पर्धात्मक र उच्च स्तरको रहेको नेपाली टिमका मुख्य प्रशिक्षक एवम नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगश भट्टराईले बताए ।
उनले भने–‘अहिलेको मौसम प्रतियोगिता आयोजनाका लागि त्यती राम्रो नभए पनि पहिलो दिनको खेलको प्रदर्शनले खेलाडी सबैलाई उत्साही बनाएको मात्रै नभई खेल पनि उत्तिकै प्रतिष्पर्धात्मक देखिएको छ ।’
नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना गरि खेलाडी सहभागी रहेका छन । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रि तर्फ ३ राउण्ड प्रतिष्पर्धा गराइने छ ।
पुरुष क्रिकेटमा आर्मी र प्रदेश नं २ को रोमाञ्चक जित
बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नं। २ ले रोमाञ्चक जित हासिल गरेका छन । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नं। १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो । टिमकालागि राजेश पुलामी मगरले ४१ बल खर्चिएर २७ रन जोडेका थिए भने कुशल मल्लले १४ रनको सामना गर्दै २६ रन बटुलेका थिए ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बाहुल्यता रहेपनि शनिबारको खेलमा उनिहरुको प्रदर्शन कमजोर
रह्यो । सोमपाल कामीले ११ रन जोड्दा राष्ट्रिय टिम बहुचर्चित बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किएका थिए ।
आर्मीका अनुभवी खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं। १ का बलर दिपेश कंडेलले २ विकेट लिएका थिए भने फ्रीदोष अन्सारी, पुष्प थापा र श्रवण यादवले १÷१ विकेट लिएका थिए । ९६ रनको झिनो लक्ष्य पछ्याएको १ नं। प्रदेश ६८ रनमै समेटियो । आक्रामक पारी खेलेपनि १ नं। प्रदेशका खेलाडीहरुले खासै रन बटुल्न सकेनन् । सुरुवाती दुबै ब्याट्सम्यान शुन्यमै पवेलियन फर्किएपछि १ नं। प्रदेश दवावमा आएको थियो ।
टिमकालागि दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष अन्सारीले समान ११÷११ रन बटुलेका थिए भने सुकम पुनले १० रन जोडेका थिए । त्यसबाहेकका खेलाडीहरु सस्तैमा समेटिएपछि त्रिभुवन आर्मी क्लवले २७
रनअन्तरले जित निकालेको हो । आर्मीका बलर सुशान भारीले ५, सहाव आलमले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच ५ विकेट लिने प्रदेश नं। १ का सुशान भारी घोषित भए ।यसैबिच शनिबार नै सम्पन्न दोस्रो  खेलमा प्रदेस नं। २ बिजयी भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस नं। २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शन्कर साह १४, सम्सद सेख १२, राहुल प्रताप सिंह १४ र बिबेक यादबmे १० रन बनाएका थिए ।
प्रदेस नं। ३ का लागि संघर्ष पौडेल र सोनु तामाङ्गले समान २÷२ विकेट लिएका थिए भने नन्दन यादब, अशिम श्रेष्ठ र सोनु देबकोटाले समान १÷१ विकेट लिएका थिए । झिनो लक्ष पछ्याएको प्रदेस नं। ३ ले सोनु तामाङ्ग १२, जितेन्द्र सिंह
ठकुरी १२ र हेम राज पौडेलले  १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा २० ओभरमा अल आउट हुँदै ६५ रनमा समेटिएपछी २१ रनले पराजित रह्यो । प्रदेस नं। २ का लागि कुमार थापा र राहुल प्रताप सिंहले समान ३÷३ विकेट, सैफुल्लाह अन्सारी र सम्साद सेखले समान २÷२ विकेट लिएका थिए ।
महिला क्रिकेट दाङ : 
गण्डकी प्रदेश महिला क्रिकेट प्रतियोगिता बाट बाहिरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ संग १० विकेटले पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरीएको हो । गण्डकी प्रदेशलाई १० विकेटले पराजित गर्दै १ नं प्रदेश विजयी भएको छ । टस जितेर व्याटिङ गर्न आएको गण्डकी प्रदेशले सम्हालिन नसक्दा झिनो रनमा अल आउट हुन पुग्यो १ निर्धारित २० ओभरमा १३।३ ओभर खेल्दै जम्मा २५ रनमा प्रदेश १ अलआउट भयो। गण्डकी प्रदेशका लागि शिला रेग्मीले ६ रन बनाउनु बाहेक अरु खेलाडिले आवश्यक रन बनाउन सकेनन्। गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १कि सवनम राईले ४, संगीता राईले ३, रश्मि शर्मा चौलागाईले २ तथा अप्सरी वेगमले १ विकेट लिईन्। २६ रनको लक्ष्यका साथ व्याटिङमा उत्रिएको प्रदेश १ ले २ दशमलव ४ ओभरमा जित निकाल्यो। प्रदेश १ लाई जित दिलाउन रुविना क्षेत्री बेल्बासेले १८ रन तथा काजोल श्रेष्ठले ८ रनको अविजित योगदान दिईन्। जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाईनलमा पुगेको छ भने गण्डकी प्रदेश बाहिरिएको छ। प्रदेश १ बाट ४ विकेट लिन सफल सवनम राई युमनन अफ द म्याच भईन् ।
आठौं राष्ट्रिय खेलकुदस्महिला क्रिकेटमा रनले पराजित लक्ष्मण बस्नेत दाङ(आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा पाँच नम्बर प्रदेश १ रनले पराजित भएको छ । प्रदेश नम्बर २ संग भएको खेल पाँच नम्बर प्रदेश १ रनले हारेको हो । सेमिफाइनलमा प्रवेश गर्ने चान्स गुमाउँदै प्रदेश ५ प्रतियोगिता बाट बाहिरिएको छ । प्रदेश २ ले यो जित संगै सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर प्रदेश २ ले व्याटिङ्ग गर्दै १११ रन जोड्यो । प्रदेश २ कि शोभा आलेले ५० रनको योग्दान दिइन । ११२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाँच नम्बर प्रदेश २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११० रनमा समेटिन पुग्यो । आइतबार बिहान प्रदेश ७ र ३ को खेल हुने छ ।
तेक्वान्दो :
नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् ।
भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको एकल, जोडी र टिम ईभेन्टमा स्वर्ण जित्दै जारी राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी पनि बनेका छन् ।
श्रेष्ठले तेक्वान्दो खेल्न सुरु गरेको चार बर्ष मात्रै भएको छ । यस बिच उनले तेक्वान्दोका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेका भएता पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा भने पहिलो सहभागिता हो ।
२०६७ सालमा नेपाल प्रहरीमा प्रबेश गरेका उनि जवान पदमा छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगर पालिका डिभर्ना घर भएका २८ बर्षिय श्रेष्ठ २०१८ को अगस्त सेप्टेम्बरमा ईण्डोनेशियामा सम्पन्न एसियाली खेलमा तेक्वान्दोको पुम्सेमा सहभागीता जनाईसकेका श्रेष्ठको अबको लक्ष्य भनेको काठमाण्डौमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा मुलुकलाई स्वर्ण पदक दिलाउनु रहेको न्यूज २४ टिभीलाई बताएका छन् ।
पुम्सेमा प्रहरीलाई ४ स्वर्ण
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा जारी तेक्वान्दोको पुम्से बिधामा पुलिस क्लबले ४ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ । जसमा पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुंग, जोडीमा कमल र पार्वतीले तथा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु सम्मिलित खेलाडीले टिमतर्फ स्वर्ण जितेका हुन् भने महिला तर्फको टिम ईभेन्टमा पार्वती गुरुंग, मिरा राना र निर्मला बिकको समहुले रजत पदक जितेका छन् । पुम्सेको महिला तर्फको टिम इभेन्टमा प्रदेश १ले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरींग तर्फका खेलहरु बाकी रहेका छन् । शुक्रबार महिला र पुरुष तर्फ २ तौल समुहमा भएको खेलमा २ स्वर्ण पदक टुंगो लागेको थियो । जसमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमाल र महिला तर्फको ५३ केजि तलको  तौल  समुहमा पुलिस क्लबकी निमा गुरुंगले स्वर्ण पदक जितेका थिए ।
पुरुष फुटबल : खजुरा
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । एपीएफको तेस्रो खेलमा यो दोस्रो जीत हो ।
२–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार विहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो । ५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफ खेलमा फर्किएको थियो । निर्धारित समयको अन्तिममा ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जीत निश्चित भएको थियो ।
गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो । तर, जीत निकाल्न सकेको छैन । शुरुवाती अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो । ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो । अन्तिममा २÷२ गोल भएको थियो ।
एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो ।
शनिबार नै अपरान्ह चार बजे लगातार दोस्रो जीत निकालेको ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । १ नम्बर प्रदेशले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ ।
दोश्रो खेलमा प्रदेश ५ ले प्रदेश १ लाई ६–२ गोलले हराउदै लगातार तेश्रो जित हात पा¥यो । विजेताका विनोद केसीले ३, पूर्णबहादुर गुरुङले २ र विनोद केवतले १ गोल गरे । प्रदेश १ का राम तामाङले २ गोल गरे ।
भारोत्तोलन : देवी, प्रकास र कमलाको राष्ट्रिय कीर्तिमान
आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तरगत शनीबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम  गरेकी हुन् । यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकास केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।
पुरुष ६७ किलो तौल समुहमा प्रकासले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते ।
देवीलाई पद्छाउदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते । यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते । विजेतालाई राष्ट्रिय खेलकदु परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरे ।
कराते :
दाङको  तुलसीपुरमा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन चार वटा इभेन्ट मात्रै सम्पन्न हुँदा विभागीय क्लब पुलिसले बर्चश्व जमाएको छ । शनिबार भएका चार इभेन्ट मध्य तीन वटामा स्वर्ण पदक पुलिसले जित्दा एउटामा आर्मीले कव्जा गरेको छ ।
पुरुष एकल कातामा  नेपाल पुलिसका मन्देकाजी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी कर्णाली प्रदेशका ललित खत्रीले रजत पदक जित्दा आर्मीका पर्शुराम वास्तोला र  एपीएफका अनिल चौधरीले कास्य पदक जिते ।
यसैगरी महिला एकलकातामा नेपाल प्रहरीकी चन्चला  दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् । यसैगरी एपीएफकी प्रतिक्षा  पाख्रिन र आर्मीकी संगीता मगरले कास्य पदक जितेका छन् ।
कराते अन्तर्गत शनिबारनै भएको टिम काताको पुरुषमा आर्मीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीले रजत र कर्णाली र सुदूरपश्चिम प्रदेशले कास्य पदक हात पारे ।
यसैगरी महिला तर्फ  नेपाल पुलिसले स्वर्ण पदक जित्दा रजत पदक आर्मीले जितेको छ । त्यसैगरी गण्डकी प्रदेश र प्रदेश १ ले कास्य पदक जिते ।
सफ्ट टेनिस : महिला डबल्समा प्रदेश ३ लाई  स्वर्ण 
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीमा आयोजना भैरहेको सप्mट टेनिसको महिला डबल्स तर्फ प्रदेश नम्बर ३ ले स्वर्ण पदक जितेका छन् ।
शनिबार बुटवल देबिनगर स्थित लनटेनिस कोर्टमा सम्पन्न फाईनलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्र माया राईको जोडीले प्रदेश ५ का रितिका चौधरी र आश्मा भुषालको जोडिलाई पराजित गरेका हुन् । चौधरी र भुषालले रजत पदक प्राप्त गरे भने गण्डकीका प्रिति बराल र श्रृष्टीका उदास तथा प्रदेश १का श्रृया योञ्जन र दर्जेया चौधरीको जोडिले काश्य पदक जितेका छन् ।
त्यसै गरी शनिबार सम्पन्न अन्य खेलमा पुरुष डबल्स तर्फको खेलमा प्रदेश १ का युकेश योञ्जन र आशिष बोहोराले प्रदेश ५का सुरज चौधरी र सुगम खनाललाई हराउदै फाईनलमा प्रबेश गरेका छन भने अर्को सेमिफाईनलमा नेपाल पुलिसका कमल भण्डारी र  नव बहादुर लुंगेलीको जोडिले प्रदेश ३ का प्रदिप खत्री र ब्रिजेश पान्डेलाई हराउदै फाईनलमा स्थान सुरक्षित गरेका छन् ।
त्यसै गरी शनिबारनै सम्पन्न पुरुष एकल तर्फको सेमिफाईनलमा प्रदेश ३का प्रदिप खत्रीले प्रदेश  १ का रमेश तामांगलाई हराउदै फाईनल प्रबेश गरेका छन् । खत्रीले फाईनलमा प्रदेश १का युकेश योञ्जन संग प्रतिष्पर्धा गर्नेछन् । त्यसै गरी महिला सिंगल तर्फ प्रदेश ३की चन्द्रमाया राईले प्रदेश १ की प्रिया योञ्जनलाई हराउदै फाईनल मा स्थान सुरक्षित गरेकी छिन भने अर्को सेमिफाईनलमा एपिएफकी भगवति बिकले प्रदेश ४की प्रिति बराललाई हराएर फाईनल पुगेकी छिन् । पुरुष सिंगल, डबल्स र महिला सिंगल्सको फाईनल १० गते हुनेछ भने अन्य बाकी खेलहरु आईतबारबाट हुनेछन्  ।
भलिबल :
बा“केको खजुरा स्थित शुक्र भलिबल स्टेडियममा महिला तथा पुरुष भलिवल प्रतियोगितामा पुरुषतर्फको पहिलो खेलमा प्रदेश नं. १ ले सुदुरपश्चिमलाई ३–१ को सेटले पराजित गरेको छ । जसमा २५–१४, १७–२५, २५–१८, २५–१२ अंक प्राप्त गरेको थियो । शनिवार जारी दोश्रो खेलमा पुरुषतर्फ प्रदेश नं. २ र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा कर्णाली प्रदेश २ विजयी भएको छ । जसको अंक २५–२३, ३५–३३, १८–२५, १८–२५, १०–२५ रहेको थियो । यस्तै पुरुष तर्फकै शनिवार  भएको खेलमा नेपाल एपिएफ क्लव र नेपाल पुलिस विच प्रतिस्पर्धा भएको थियो । दुवै टिम बिभागिय रहेको र दुवै टिमको खेलले बराबर अंक ल्याई खेल बराबरीमा टुङगीएको थियो । जसमा एपिएफ २५–२१, २९–३१, १८–२५, २५–२३, १४–१६ अंक प्राप्त भएको थियो । यस्तै त्रिभुवन आर्मी र प्रदेश नं. ३ विच भएको खेलमा नेपाल आर्मीले ०–३ को सोझो सेटले विजयी हासिल गरेको छ । जसमा २५–१८, २५–२०, २५–१४ अंक आएको थियो । यस्तै महिला तर्फको पहिलो खेल प्रदेश नं. २ र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा प्रदेश नं. २ नै विजय भएको थियो ।
जसमा २३–२५, २५–१८, २५–२३, २५–९ अंक ल्याई कर्णाली प्रदेश विजयी भएको थियो । यस्तै एपिएफ र प्रदेश नं. ५ विच भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा विजयी भएको थियो । जसमा २५–८, २५–१०, २५–१९ अंकले विजयी हासिल गरेको हो । यस्तै प्रदेश नं. १ र सुदुरपश्चिम विच भएको खेलमा प्रदेश नं. १ को २५–२१, २१–२५, २५–१३, १८–२५, १५–१२ अंक प्राप्त भएको थियो । प्रतियोगितामा सहभागि पुरुष तर्फ १० र महिला तर्फ १० गरि दुई समुहमा विभाजन गरिएको छ । हरेक दिन विहान र सा“झा दुई चरणमा प्रतियोगिता भैरहेको भलिबल टिमका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिनुभयो । आठौं राष्ट्रिय खेलकुदका लागि ३५ खेल तथा २६ सय बढि खेलाडीहरुको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey