जिम्बावेको बाउण्ड्रीको बर्षा, पारस सबैभन्दा महँगा बलर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 258 पटक हेरिएको

फागुन २० । नेपाली बलरलाई धुलाई गर्न सफल जिम्बावेका ब्याट्सम्यानले बाउण्ड्री वर्षात गरेका छन् । आईसीसी विश्व कप छनोटको पहिलो खेलमा ३८१ रनको योगफल तयार पार्नका लागि जिम्बावेका ब्याट्सम्यानले कुल १७ छका प्रक्का र २६ चौहार गरे ।

सिकन्दर राजा एक्लैले ९ छक्का र ७ चौका प्रहार गरे । ब्रेन्डन टेलरले १ छक्का र सात चौका चुटे । ओपनर सिफास जुवाओले ४ चौका र ३ छक्का प्रहार गर्दा सोलोमोन मिरेले ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

ह्यामिल्टन मासाकाट्जाले पनि ३ चौका हाने ।

कप्तान पारस खड्का सबैभन्दा महँगा सावित भए । ५ ओभरमात्र बलिङ गरेका खड्काले ११.४ को इकोनोमीमा ५७ रन खर्चिए ।

८ ओभर बलिङ गरेका सोमपाल कामीले १०.२५ को इकोनोमीमा सबैभन्दा बढी ८२ रन खर्चिए ।
किफायती बलिङ गर्नेमा बसन्त रेग्मी रहे । १० ओभर बलिङ गर्दै बसन्तले २५ डट बल फालेका थिए । ६.९ को औशतमा बसन्तले ६९ रन दिएका थिए ।

डेब्यु खेलमा ललित राजवंशीले ६.२ को औशतमा २७ बल डट फाल्दै ६२ रन दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey