अतिथिको भीडले करातेका खेलहरू शुरु भएनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०६
  • |
  • 244 पटक हेरिएको

दाङ, ६ वैशाख, आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको तुलसीपुरमा कराते प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन समारोह मात्रै सम्भव भएको छ । तुलसीपुरमा बनेको नवनीर्मित कराते कर्भडहलको उद्घाटन गर्न युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सेना, राष्ट्रिय सभा सदस्य कोमल ओली, कराते संघका पदाधिकारीहरुको मञ्चमा जमघट भएपछि प्रतियोगिताको औपचारिक समारोह लम्बिन पुगेको थियो । मञ्चमा बसेका अधिकांश भाषणमा केन्द्रित भएपछि प्रतियोगिताको खेल सञ्चालन हुन नसकेको जनाइएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार कम्तिमा २ वटा वाउट भए पनि गर्ने तयारी गरिएको थियो । तर नवनीर्मित कर्भडहलमा लाइटको व्यवस्था नभएपछि खेल शनिबार विहानदेखि शुरु हुने छ ।

कराते हलको उद्घाटन गर्न पुगेका मन्त्री विश्वकर्मा अहिले अधुरै कर्भडहलमा प्रतियोगिता आयोजना गर्नु पर्ने बाध्यता भए पनि आगामी दिनमा यसलाई सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता बनाए । शान्ति र समृद्धिको जति कुरा गरे पनि खेलकूदको माध्यमबाट युवा शक्तिमा सकारात्मक सोँचको विकास गर्न नसकिएको सरकारको नारा कागजमै सिमित हुने पनि प्रष्ट पारे । सरकारले देशभरीनै स्थानीय निकायसँग समन्वय गरेर खेलकूदका पूर्वाधार निर्माणको काम शुरु भइसकेको जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकूदका कारण प्रदेश पाँचले पूर्वाधारहरु पाएको तर यी अझै पूर्णरुपमा तयार नभइसकेकाले त्यसलाई पुरा गर्न सरकारले विशेष कार्यक्रम ल्याउने बताए । कराँतेमा १६ जना एनआरएनएका खेलाडीहरु पनि सहभागीता रहेको छ । २४ जना एनआरएनए खेलाडी सहभागी भएकोमा अधिकांश खेलाडी करातेमा प्रतिस्पर्धा गर्र्दैछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal