Prabhu Bank

नेपाली फुटबल टिमको क्लोज क्याम्प सुरु भएन

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 5 पटक हेरिएको

फागुन २०, काठमाडौ । एएफसी एशियन कप अन्तर्गत यमन विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज देखि प्रशिक्षण सुरु गर्ने योजना भएपनि केहि दिनका लागि सरेको छ ।

अखिल नेपाल फुटबल संघका प्रवक्ता सञ्जिव मिश्रले सबै खेलाडी प्रतियोगितामा ब्यस्त भएकाले प्रशिक्षणको मिती केहि दिनलाई सारेको बताए । झापामा जारी झापा गोल्डकप सकिएलगत्तै नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु हुने मिश्रले बताए ।

राष्ट्रिय टिममा रहेका धरै जसो खेलाडी क्लवबाट फुटबल प्रतियोगितामा ब्यस्त रहेकाले तोकेको मितीमा प्रशिक्षण हुन सकेन । लगातार तीन खेलमा हारेपछि नेपाल छनोट चरणबाट बाहिरीसकेको छ । यो खेल नेपालका लागि औपचारिकता मात्र हुनेछ ।

यसैविच काठमाडौ बाहिर एक पछि अर्को रुपमा प्रतियोगिता भइरहेका कारण क्लवहरुले पनि खेलाडी रिलिज गर्न अस्विकार गरेको छ ।

फिफाको नियम अनुसार क्लवमा अनुबन्ध भएका खेलाडीलाई क्लवले दुई साता अगाडी रिलिज गर्नुपर्ने हुन्छन । तर दुई साताको समय भन्दा अगाडी क्लवले खेलाडी रिलिज नगर्ने एन्फालाई स्पष्ट पारेका छन ।

भर्खरै

Advertisement