आठौं राष्ट्रिय खेलकुदः पदक तालिकामा विभागीय टिमकाे बर्चश्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०२
  • |
  • 182 पटक हेरिएको

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद जारी रहदा पदक तालिकामा भने विभागिए टिमले बर्चश्व जमाएका छन । जसमा शिर्ष तीन स्थान विभागिए टिमले नै हात पारेका छन ।

चैत्र २५ गतेबाट सुरु भएको प्रतियोगिता जति जति अगाडी बढ्दैछ, एकपछि अर्को खेलको पदकको छिनोफानो भइरहेको छ । यस्तोमा पदक तालिकामा त्रिभुवन आर्मीले शिर्ष स्थान हात पारेको छ । उसले अहिलेसम्म १८ स्वर्ण २० रजत र १४ कास्यका साथ कुल ५१ पदक जितेको छ । दोस्रोस्थानमा रहेको नेपाल पुलिसक क्लवको १३ स्वर्ण, १० रजत र ११ कास्य पदक छ । उसको कुल पदक संख्या ३४ पुगेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको एपीएफको ११ स्वर्ण ११ रजत, १५ कास्य सहित ३६ पदक छ । चौथो स्थानमा सुदुरपश्चिम प्रदेश रहेको छ । उसले ६ स्वर्ण, ५ रजत र नौ कास्य सहित २० पदक जितेको छ । यस्तै प्रदेश २ ले ६ स्वर्ण, तीन रजत र दुई कास्य हात पारेको छ । प्रदेश ५ ले चार स्वर्ण ५ रजत र ११ कास्य पदक जितेको छ ।

त्यसपछि प्रदेश एक ले एक स्वर्ण, एक रजत र १९ कास्य जितेको छ भने एनआरएन टिमले उक स्वर्ण दुई कास्य जितेको छ । अहिलेसम्म स्वर्ण विहिन बनेको टिम कर्णाली प्रदेश रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey