मनिताले जितिन आठौं राष्ट्रिय खेलकुद स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०१
  • |
  • 235 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय जुडाेमा पुलिसकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् ।

महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए ।

महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै स्वर्ण जितिन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey