आठौं राष्ट्रिय खेलकुदः टेबल टेनिसमा नविता र स्यान्टुले बनाए रेकर्ड

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-३०
  • |
  • 241 पटक हेरिएको

दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा भएको टेवल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

प्रतियोगिताका सात स्पर्धामा ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै विभागीय क्लब नेपाल पुलिस राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो ।

त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ कास्य पदक हात दोस्रो बन्यो । तेस्रो भएको नेपाल आर्मी २ रजत ४ कास्य पदक जीतेको छ । त्यस्तै प्रदेश नं ३ ले ३ कास्य र प्रदेश नं ५ ले १ कास्य पदक हात पारे ।
नविता श्रेष्ठकाे रेकर्ड

वुमेन्स सिंगल्समा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठले स्वर्ण पदक जितिन् ।

आठौ राष्ट्रिय टेवुल टेनिस प्रतियोगिताको वुमन्स् सिंगलमा स्वर्ण पदक हात पारेकी उनले राष्ट्रिय प्रतियोगितामा लगातार आठौं पटक जित हात पार्दै वुमन्स सिंगलको सर्वाधिक रेर्कड बनाउन समेत सफल भइन् । उनले फाइनलमा नेपाल पुलिसकै एलिना मर्हजलाई ४–२ को सेटमा पराजीत गरिन् ।

पुलिसका स्यान्टुको ह्याट्रिक

राष्ट्रिय टेवल टेनिसको मेन्स् सिंगलमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले ह्याट्रिक गर्न सफल भएका छन् ।

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबकै प्रदिप रोकाँलाई ४–० को सोझो सेटमा पराजीत गर्दै स्वर्ण पदक हात पारेका स्यान्टुले राष्ट्रिय प्रतियोगितामा लगातार तिन पटक जित निकाल्दै ह्याट्रिको रेर्कड बनाउन सफल भएका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey