Prabhu Bank

नाइकी र नेयमारवीचको सम्झौता बाहिरियो, पीएसजी स्टारलाई बोनसै बोनस

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 5 पटक हेरिएको

फागुन २० । खेलकुद समाग्री उत्पादक नाइकीसँग नेयमारको गोप्य सम्झौता सार्वजनिक भएको छ ।

सन् २०११ मा नाइकीले ब्यालुन डि ओर जित्न सकेको खण्डमा नेयमारलाई १० लाख अमेरिकी डलर बोनस दिने सम्झौता गरेको थियो ।

उनले बर्षिक रुपमा पाँच करोड अमेरिकी डलर घर लगिरहेका छन् ।

नाइकीसँग उनको सम्झौता २०२२ सम्मका लागि कायम छ । विश्व फुटबलमा उच्च फर्ममा रहेका नेयमारलाई यो अवार्ड जित्नका लागि चार बर्ष समय बाँकी छ ।

यदी चार वटै अवार्ड जितेको खण्डमा उनले ४० लाख अमेरिकी डलर बोनसका रुपमा हात पार्नेछन् ।

तर विश्व फुटबलको सर्वोच्च अवार्डको दौडमा उनलाई लियोनेल मेस्सी र रोनाल्डोले पछि पारिरहेका छन् ।

अघिल्लो साता भएको खेलका दौरान इन्ज्युरी भएपछि नेयमार अहिले विश्राममा छन् । उनी विश्वकप सम्म फिट हुने ब्राजिल फुटबल महासंघले जनाएको छ ।

नेयमारले विश्वकप जिताउन सकेको अवस्थामा ५० हजार अमेरिकी डलर पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी वा सर्वाधिक गोलकर्ता बनेमा उनले थप २ लाख डलर पाउने नाइकीको सम्झौतामा उल्लेख छ ।

भर्खरै

Advertisement