स्क्वास : प्रवीण र अमृत फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२९
  • |
  • 222 पटक हेरिएको

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा प्रदेश ३ का प्रवीणवीर सिंह कंशाकार र गण्डकीका अमृत थापा मगर फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवीणले आफ्नै प्रदेशका राजेन्द्र शाक्यलाई ६–११, ११–४, ११–७, १३–१५ र ११–७ तथा अमृतले प्रदेश २ का अमृतले प्रदेश २ का दीपक थापालाई ११–६, ११–८ र ११–३ ले पराजित गरे ।

महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal