Prabhu Bank

जिम्बावे क्रिकेटमा आर्थिक समस्या हुँदा खेलाडीले तलब पाउन सकेनन्

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 0 पटक हेरिएको

सन् २०१९ मा इग्ल्याण्डमा हुने एकदिवसिय विश्वकपका लागि विश्वकप छनोट सुरु हुने बेला भइरहँदा जिम्बावेका खेलाडीलाई भने अर्कै समस्याले सताउन थालेको छ । त्यो हो जिम्बावे क्रिकेट बोर्डले दिन नसकेको खेलाडीको तलव ।

आर्थिक समस्याबाट गुज्रिरहेको जिम्बावेको राष्ट्रिय टिममा रहेका खेलाडीले पाँच महिना देखि नियमित तलव पाउन सकेका छैनन ।

खेलाडीको तलवका साथै अन्य खर्चका लागि जिम्बावे क्रिकेट बोर्डले आर्इसीसीलाई ऋण दिन पत्राचार गरेपनि आर्इसीसीले सो रकम अप्रिलमा मात्र दिनसक्ने बताएपछि जिम्बावे क्रिकेटमा चरम आर्थिक समस्या देखिएको छ ।

खेलाडीको तलवका साथै अन्य खर्चका लागि जिम्बावे बोर्डले आर्इसीसीसँग ३ लाख अमेरीकी डलर सहयोग मागेको थियो । आर्इसीसीले टेष्ट मान्यता राष्ट्रका नाताले जिम्बावेलाई बार्षिक ६ लाख अमेरीकी डलर सहयोग गर्दे आएको छ ।

आर्थिक समस्याका कारण खेलाडीमात्र होइन बोर्डका कर्मचारीलाई पनि पुर्ण तलव दिन सकेको छैन । श्रीलंका भ्रमणको म्याच फि पनि जिम्बावे बोर्डले खेलाडीलाई हस्तान्तरण गर्न सकेको छैन ।

जिम्बावे क्रिकेटमा आर्थिक समस्या हुनुको पछाडी घर भित्र हुने अन्तराष्ट्रिय प्रतियोगिताबाट पैशा संकलन गर्न नसक्नु पनि हो । घरेलु मैदानमा कुनै अन्तराष्ट्रिय प्रतियोगिता हुदा दर्शकको उपस्थिती जिम्बावेमा निकै न्युन हुने गरेको छ ।

विश्वकप छनोट खेलाउन लागेको जिम्बावे क्रिकेटले आर्इसीसीबाट १० लाख अमेरीकी डलर पाएको छ । जुन रकम मैदान मर्मतका साथै अन्य पुर्वाधार निर्माणमा खर्च गरेको छ ।

यसै बर्ष जिम्बावेले पाकिस्तान र अष्ट्रेलियासँग श्रृखंला खेल्ने तयारीमा छ । तर यहि आर्थिक समस्या रहेमा उसले दुई देशसँग छुटाछुटै खेल्नुको सट्टा पाकिस्तान, अष्ट्रेलियासँग त्रिकोणात्मक श्रृखंला खेल्न बाध्य हुनेछ ।

तर यो सबैको छिनोफानो विश्वकप छनोट पछिमात्र हुनेछ । यदि जिम्बावेले विश्वकप छनोटमा शिर्ष २ मा रहन सकेन भने उसको क्रिकेट झन खस्किने आइसीसीको बुझाई छ ।

जसका कारण जिम्बावेको क्रिकेटलाई बचाईराख्न आइसीसीले जिम्बावे विश्वकपमा छनोट होस भन्ने चाहन्छ ।