Mega Bank

हक्कीमा पुलिस विजयी, गण्डकी र २ नं. बराबरी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७५-१२-२९
  • |
  • 68 पटक हेरिएको

बाँके, २९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् ।

प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे ।

उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो ।  त्यसैगरि शुक्रवार विहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३–० गोलले विजयी भएको छ ।

प्रदेश नं. ३ सँग भएको खेलमा पुलिसले लगातार दवावमा राखेको थियो । खेलको ६ औँ र ५० औँ मिनेटमा प्रहरीका रोमण राणाले दुई गोल गरे । प्रहरीको तर्फबाट १४ औँ मिनेटमा राजेन्द्र कार्कीले गोल गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

भर्खरै

Advertisement