आइपिएलमा कोलकाताको कप्तानी दिनेश कार्तिकले गर्ने

0

इन्डियन प्रिमियर लिग क्रिकेट टिम कोलकाता नाइटराइडर्सले दिनेश कार्तिकलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

यसै सिजनको अक्सनमा कार्तिकलाई कोलकाताले सात दशमलव ४ करोड भारतीए रुपैयामा टिममा अनुबन्ध गरेको थियो । आइपिएलको पहिलो सिजनदेखि नै खेलेका कार्तिकले अहिलेसम्म ५ वटा टिमबाट खेलिसकेका छन ।

जसमा दिल्ली डेयरडेभिल्स, किङस ११ पञ्जाव, मुम्बई इन्डियन्स, रोयल च्यालेञ्जर्स बैङलोर तथा अघिल्लो सिजन गुजरात लायन्सबाट उनले आइपिएल खेलेका थिए । जसमा उनी केहि टिममा पार्टटाइम कप्तान पनि बनेका थिए ।

कोलकाताबाट खेल्दै आएका रविन उथप्पा कप्तानको मुख्य दावेदार रहेपनि उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । प्रतियोगिता अप्रिल ४ देखि मे ३१ तारिखसम्म चल्नेछ ।

यसै प्रतियोगिताका लागि नेपाली युवा बलर सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेको छ ।

Post Add 1025X115
Loading...