Prabhu Bank

विश्वकप छनोट, नेपाल र जिम्बावेको भिडन्त आज

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 3 पटक हेरिएको

आइसीसी एकविदवशीय विश्वकप छनौटको पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसंग प्रतिस्पर्धा गर्दैछ ।

क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा एक बजे बाट सुरु हुनेछ । नेपालले पहिलो पटक एकदिवशीयमा टेस्ट मान्यता प्राप्त राष्ट्रसंग खेल्दैछ ।

यसअघि नेपालले सन २०१४ को ट्वान्टी ट्वान्टी विश्वकपमा बंगलादेशसंग पहिलो पटक टेस्ट खेल्ने राष्ट्रको सामना गरेको थियो । अन्डर नाइन्टिन स्तरमा भने नेपालले जिम्बावेसंग खेलिसकेको छ ।

२००८ को अन्डरनाइन्टिन विश्वकपमा नेपालले जिम्बावेलाई दुई विकेटले पराजित गरेको थियो । सो वेला पनि नेपाली टिमको कप्तान पारस खड्का नै रहेका थिए । सो वेला नेपाल विरुद्ध खेलेका खेलाडी अहिले पनि जिम्बावे टोलीमा छन ।

कप्तान पारसले आइसीसी संग कुरा गर्दै नेपालको पहिलो लक्ष्य सुपर सिक्समा प्रवेश गर्नु रहेको बताएका छन । त्यसपछि शीर्ष दुइका लागि प्रतिस्पर्धा गर्ने उनको भनाई छ ।

पारसले उच्च स्तरको क्रिकेट खेल्दै विश्वलाई नेपाल उदाउदो क्रिकेट राष्ट्र भएको संदेश दिन चाहेको बताए । नेपाल दश टिम सहभागी राष्ट्र मध्ये सवैभन्दा धेरै युवा खेलाडी भएको टोली हो । नेपाली खेलाडीको औसत उमेर वर्षको रहेको छ ।

युवा खेलाडीको जोश र सिनियर खेलाडीको अनुवभले छनौट खेलमा नेपालको यात्रा अविश्मरणिय हुने पारसको विश्वास छ । इन्डियन प्रिमियर लिग र क्यारेवियन लिगमा छनौट भएका स्पिनर संदिप लामिछाने, करण केसी, आरिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी लयागतका युवा खेलाडी बाट नेपालले ठुलो आशा राखेको छ ।

संदिप प्रतियोगिताकै आकर्षणका रुपमा रहेका छन । जिम्बावे १९८३ यता लगातार एकिदिवशीय विश्वकपमा छनौट हुदै आएको छ ।

घरेलु टोली छनौट खेलको साविक विजेता पनि हो । समुह बी मा नेपाल र जिम्बावे संगै अफगानिस्तान, हङकङ र स्कटल्यान्ड सछन । समुह ए मा वेस्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्युगिनी, युएइ र नेदरल्यान्डस छन ।

दुई समुह बाट तीन तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन । सुपर सिक्सको शीर्ष दुइमा रहने टिम सन २०१९ मा इङल्यान्डमा हुने विश्वकपका लागि छनौट हुनेछ ।

भर्खरै

Advertisement