सलाहको गोलमा लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 172 पटक हेरिएको

इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । जितसंगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले न्यूक्यासल युनाईटेडलाई २–० गोलले हरायो । उसका लागि मोहम्मद सलाह र सादियो मानेले एक एक गोल गरे ।

खेलको ४० औ मिनेटमा उत्कृष्ट लयमा रहेका मोहम्मद सलाहले लिभरपुलका लागि पहिलो गोल गरे । त्यसपछि ५५ औ मिनेटमा मानेले लिभरपुलका लागि दोस्रो गोल थपे ।

बाँकि समयमा न्युक्यासल खेलमा फर्कन सकेन र लिभरपुलले ३ अंक जोड्यो ।

टोटनह्यामको पनि जित

अर्को खेलमा टोटनह्यामले हडर्सफिल्डलाई दुई शुन्यले हरायो । टोटनह्यामको जितमा दुबै गोल सोन हियुङ मिङले गरे ।

उनले खेलको २७ औं र ५४ औं मिनेटमा गरेका थिए । बाँकि खेलमा एभर्टन ब्रुन्लीसंग दुई एकले पराजित हुदा लेस्टर सिटीले बर्नमेथसंग एक एक गोलको बराबरी खेल्यो ।

जितपछि लिभरपुलले २९ खेलबाट ६० अंक बनाएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ७५ अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey