कुस्तीमा प्रदेश ७ लाई तीन स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२८
  • |
  • 202 पटक हेरिएको

प्रदेश नं. ७ ले आठौ राष्ट्रिय खेलकुद अन्तरगत कुस्तीमा तीन स्वर्ण हाता पार्न सफल भएको छ ।

प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन् ।

यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए । ५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन् ।

यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पा¥यो । ५७ केजीमा सेनाकी कल्पना बि.क.ले स्वर्ण हात पारिन् । दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन् । यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey