आठौं राष्ट्रिय खेलकूदः हक्कीमा पूर्व टिमविरूद्ध रोमनको पाँच गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२८
  • |
  • 236 पटक हेरिएको

बाँके, २८ चैत । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ ।

पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित ग¥यो । सम्भव पाँचै गोल रोमन राणाको नाममा रह्यो । रोमन प्रहरीमा आबद्ध हुनुअघि गण्डकीबाटै खेल्थे । गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य सदस्य थिए ।

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश ७ ले सफलता पाए । आर्मीले प्रदेश २ लाई १–० गोलले हराउदै लगातार दोश्रो जित हात पा¥यो । राम शाहले निर्णायक गोल गरे । प्रदेश ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पा¥यो । जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey