मलेसिया ओपन तेक्वान्दोमा अस्मिताले जितिन् काश्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 188 पटक हेरिएको

फागुन १९, काठमाडौं । नेपालकी अस्मिता खड्काले मलेसियामा जारी मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला ४९ केजीमुनि ताैलसमूहमा शनिबार कास्य जितेकी छन् ।

अस्मिताले पहिलो चरणमा मलेसियाकी खेलाडीलाई ६–४ ले पराजित गरिन् भने अर्को चरणमा अस्ट्रेलियाकी खेलाडीलाई १७–१६ ले हराइन् ।

सेमिफाइनलमा अस्मिता मलेसियाकी खेलाडीसँग ९–१३ ले चुकेपछि कास्यमा सीमित भइन् ।

नेपालका अन्य खेलाडीहरु कल्पना चौधरी मलेसिया, भुपेन श्रेष्ठ थाइल्यान्ड र उज्ज्वल गुरागाईं इन्डिोनेसियाका खेलाडीसँग पहिलो चरणमै पराजित भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey