आठौँ बृहत् राष्ट्रिय खेलकूद : सबै खेलको प्रतीक चिह्न सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२७
  • |
  • 200 पटक हेरिएको

आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी ३५ वटै खेलको प्रतीक चिह्न लोगो सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलका छुट्टाछुट्टै प्रतीक चिह्न सार्वजनिक गरिएको हो । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौँ राष्ट्रिय खेलकूदमा रु १० हजार व्यवस्था गरिएकामा आठौँ राष्ट्रिय खेलकूदमा यसमा वृद्धि गरी रु १५ हजार र सामूहिक स्पर्धातर्फ सातौँ राष्ट्रिय खेलकूदमा रु पाँच हजार व्यवस्था गरिएकामा आठौँमा त्यो रकम वृद्धि गरी रु सात हजार पु¥याइएको छ ।

प्रतियोगितामा राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा टोली प्रशिक्षक ६४० र टोली व्यवस्थापक ४६१ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा ३५ वटा खेल फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट र कराते रहेका छन् ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरी जम्मा एक हजार ३९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियलसमेत गरी १० हजार जनाको सहभागिता रहने परिषद्ले जनाएको छ । रासस

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey