विश्वकप छनोटमा नेपालका विपक्षी कस्ता छन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 217 पटक हेरिएको

जिम्बावे बाहेक नेपाल रहेको समुहमा अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन । नेपालले समुह चरणमा खेल्ने अन्य टिमहरुकको बारेमा जानकारी

स्क्टल्यान्ड
नेपालले स्कटल्यान्ड संग फागुन २४ गते क्विन्स स्पोर्टस क्लबमा प्रतिस्पर्धा गर्देछ । स्कटल्यान्ड नेपालका लागि नया प्रतिद्धन्दी होइन् । नेपालले यसअघि स्कटल्यान्ड संग तीन पटक प्रतिस्पर्धा गर्दा तीनै पटक हार बेहोरेको थियो । सन २०१४ मा न्युजील्यान्डमा भएको विश्वकप छनौटमा नेपालले पहिलो पटक स्कटल्यान्डको सामना गरेको थियो । समुह चरणमा भएको भेटमा स्कटल्यान्डले नेपाललाइ ९० रनले पराजित गरेको थियो । यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भएका दुइ खेलमा पनि नेपालले जीत हात पार्न सकेन् ।

यहि च्याम्पियनसिपको उपविजेता बन्दै स्कटल्यान्ड छनोट खेलमा पुगेको हो । उसले कुल १८ मध्ये आठ खेलमा जीत हात पारेको थियो । विश्वकप अघि भएको दुइ वार्म अप म्याचमा स्कटलयान्डले पपुवा न्युगिनीलाइ सात विकेटले पराजित गर्दा आयरल्यान्ड संग दुइ विकेटको हार बेहोरेको थियो । स्कटल्यान्ड संग एकिवदशीय विश्वकप खेलेका अनुभव पनि छ । अहिले सम्म स्क्टल्यान्ड तीन पटक विश्वकपका लागि छनँैट भएको छ । स्कटल्यान्डले १९९९, २००७ र २०१५ को विश्वकप खेलेको थियो ।

अफगानिस्तान
नेनपालले अफगानिस्तान संग फागुन २६ गते खेल्दैछ । नेपाल र अफगानिस्तान कुनै समय एक अर्काका चीर प्रतद्धन्दी थिए । तर अहिले समय फेरिसकेको छ । नेपाल भन्दा पछि २००४ बाट मात्र अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको अफगानिस्तान संग अहिले टेस्ट मान्यता प्राप्त छ । २००४ मा मलेसियामा भएको एसीसी ट्रफीको प्लेट फाइनलमा अफगानिस्तानलाइ पराजित गरेयता नेपालल ५० ओभरमा जीत हात पारेको छैन् ।

२०१४ को ट्वान्टी ट्वान्टी विश्वकपमा भने नेपालले अफगानिस्तानलाइ पराजित गरेको थियो । नेपाल र अफगानिस्तान बीच लिस्ट ए मान्यता प्राप्त खेलमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्व क्रिकेटमा सशक्त रुपमा अघि बढीरहेको अफगानिस्तानले छनौट खेल भएको वार्म अप म्याचमा उपाधी दावेदार घरेलु टोली वेस्ट इन्डिज माथि जीत हात पारेको थियो । यसअघि जिम्बावे विरुद्धको पांच एकदिवशीय सिरिज चार एकले आफ्नो पक्षमा पारेको थियो । एकदिवशीय क्रिकेटमा हालकोे नम्बर वान वलर अफागनिस्तानै रासिद खान हुन। अफगानिस्तान लगाता दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा छ ।

हङकङ
समुहको आफ्नो अन्तिम खेलमा नेपालले हङकङ संग फागुन २८ गते क्विन्स स्पोर्ट पार्कमा खेल्नेछ । नेपालले पछिल्लो पटक हङकङ संग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । दुइ खेलमा एक खेल हङकङ ८३ रनले जित्यो भने एक खेल वर्र्षाले हुन सकेन् । छनौट खेल अघि पनि नेपाल र हङकङ बीच वार्म म्याच खेल्ने तािलका रहेको थियो ।

तर वर्षा भएपछि टसनै नभइ खेल रद्ध गरियो । हङकङ पहिलो वार्म अप म्याचमा नेदरल्यान्डस संग हारेको थियो । हङकङ माथिको इतिहास भने नेपालकै पक्षमा छ । २०१४ को छनौट खेलमा सुपर सिक्समा पुगेपछि हङकङले एदिवशीय मान्यता पाएको थियो । जुन यहि छनौट खेल सम्म रहनेछ । हङकङ पनि पहिलो पटक विश्वकप पुग्ने लक्ष्यका साथ जिम्बावे पुगेको हो । नेपाल डिजिन टु बा टविशवकप छनँैटमा पुग्दा हङकङले विश्व क्रिकेट लिग च्याम्पियनसिप बाट आफ्नो यात्रा तय गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey