पुरुष हक्कीमा १६२ र महिलातर्फ १०८ खेलाडी सहभागी हुदैं

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२६
  • |
  • 229 पटक हेरिएको

बाँके, २६ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगन्जमा हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे सुरु हुने भएको हो । आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की पहिलो भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

पुरुषतर्फको हक्की प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव १६२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने हक्कीका मुख्य प्रशिक्षक पिन्टु शर्माले जानकारी दिए ।

महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ५ नं. प्रदेश र कर्णाली प्रदेशको सहभागिता नहुने भएको हक्की प्रतियोगिताका प्राविधिक प्रमुख रञ्जन थापाले जानकारी दिए ।

महिला हक्की प्रतियोगितामा १०८ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । महिला हक्की ३० चैतदेखि गतेदेखि शुक्र मावि खजुरामा हुने थापाले बताए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक र प्रशिक्षक नेपालगन्ज आइसकेको बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal