Prabhu Bank

लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको उपाधिका लागि सिद्धार्थ र लिटिल बुद्ध भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 5 पटक हेरिएको

फागुन १९, कैलाली । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटिल बुद्ध एकेडेमी कञ्चनपुर र सिद्धार्थ सिसु सदन कैलाली भिड्ने भएका छन् ।

शनिबार भएको पहिलो सेमिफाईनलमा सिद्धार्थ शिशु सदनले धनगढीकै कैलाली विद्या निकेतनलाई ५१ रनले पराजित गरेकाे हाे । टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थले २० ओभरमा ८ विकेट क्षतिमा १३८ रन वनायो । सिद्धार्थका लागि दिपेन्द्र थापाले ४३, प्रकाश सिंहले ३२ र खडक वोहोराले २४ रन वनाए । कैलाली विद्या निकेतनका लागि अरुण ऐरीले ३ विकेट लिए ।

१३९ रनको विजय लक्ष्य सहित मैदनमा उत्रिएको कैलाली विद्या निकेतन १६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सागर भण्डारीले २१ र पवन चौधरीले १९ रन वनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् ।

सिद्धार्थका लागि खडक वोहोरा र दिपेन्द्र थापाले ३/३ तथा प्रकाश सिंहले २ विकेट लिए । खेलको म्यान अफ द म्याच दिपेन्द्र थापा भए ।

शनिबारै भएको दोस्रो सेमिफाईनलमा लिटिल वुद्धले स्टेपिङ स्टोनलाई २८ रनले हरायो । १५ ओभरमा झारिएको खेलमा लिटिल वुद्धले ६ विकेटको क्षतिमा ९३ रन वनायो । लिटिल वुद्धका लागि भीम सार्कीले ३४ रमेश भट्टले २३ रन वनाए ।

स्टेपिङका लागि पंकज पाण्डेय र चक्र विष्टले २/२ विकेट लिए ।

९४ रनको विजय लक्ष्य सहित मैदान उत्रिएको स्टेपिङ ६५ रनमा समेटियो । स्टेपिङका लागि अभिसेक कुँवरले १३ रन वनाउनुवाहेक अरुले दोहोरो रन अंक छुन सकेनन् ।

लिटिल वुद्धका लागि भीम सार्कीले २ विकेट लिए । सार्की नै म्याच अफ द म्याच भए ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी पाउनेछन् ।

 

भर्खरै

Advertisement