‘आठौंका खेलाडी तथा पदाधिकारीलाई सेकुवासँगै न्यानो स्वागत गर्न आतुर छौं’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२५
  • |
  • 234 पटक हेरिएको

बाँके, २५ चैत । नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो ।

नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको सहरका रुपमा चिनिन्छ नेपालगन्ज । यत्तीले मात्र नेपालगन्जको पहिचान र बिशेषता पूरा हुँदैन । नेपालगन्जको अर्को बिशेषता परिकारको पनि हो । नेपालगन्जलाई स्मरणिय बनाउने यहाँ आधा दर्जन परिकार छन् ।

नेपालगन्जको रावडी, लस्सी, मुवारकको विरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा–परोठा, पान, पानी पुरी, मट्का दहिका साथै नेपालगन्जको अर्को परिचित परिका हो ‘सेकुवा’ । त्यसैले त नेपालगन्ज आउनेहरु सेकुवाको स्वाद नलिनेहरु विरलै हुन्छन् । यसले नेपालगन्जको पहिचान झल्काउँछ ।

नेपालगन्जको अतिव्यस्त धम्वोझी चोक कर्नरमा हाम्रो मःम रेष्टुरेन्ट छ । हाम्रो मःम सेकुवा घरमा २६ बर्ष अघिदेखिका कर्मचारी अझैँ सेकुवा पोल्छन् । विपी चोकको गण्डकी रेष्टुरेन्टले करिव २५ वर्षदेखि सेकुवा विक्रि गर्दै आएको छ ।
नेपालगन्जका यी सेकुवा घरमा सर्वसाधरण मात्र नभई उच्च तहका व्यक्ति पनि पुग्ने गरेको संचालक सरस्वती मल्ल बताउँछीन । सरस्वती भन्छिन्, ‘देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाको लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ । आठौँका पाहुना हाम्रा पनि पाहुना हुन् । हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।’

सेकुवा नेपालगन्जको खास विशेषता बनिसकेको छ । नेपालगन्जका धम्वोझी र विपी चोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन् । यहाँ करिव दुई दर्जनको हाराहारीमा सेकुवा घर छन् । सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगन्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगन्जमा प्रति सिल १५० रुपैयाँमा खसिको सेकुवा पाइन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey