राष्ट्रिय क्लव भलिबलमा पुरुषतर्फ आर्मी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 276 पटक हेरिएको

फागुन १९, काठमाडौं । नेपाल सेटलाइट टेलिकमको आयोजनामा भएको चौथो एनभीए क्लव भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा शनिबार भएको फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लवबिरुद्ध ३–० को सेटमा सहज जित निकाल्दै आर्मीले उपाधिमा कब्जा जमायो ।

एक साताको बीचमा आर्मीको यो दोस्रो उपाधि हो । यसअघि गत साता आर्मीले तेस्रो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलको उपाधि उचालेको थियो ।

शनिबारको खेलमा आर्मीले तीनै सेटमा हेल्प नेपाललाई दवावमा राख्यो । राष्ट्रिय टोलीका सबै खेलाडीहरु सम्मिलिन आर्मीले २५–१५, २५–२१ र २५–१४ को सहज सेटमा उपाधि जितेको हो ।

उपाधिसहित आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ भने हेल्प नेपालले १ लाख रुपैयाँ पुरस्कार पाएको छ । सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस र आर्मीले एपीएफलाई हराएका थिए ।

यसअघि शनिबारै भएको महिलातर्फको फाइनलमा न्यू डायमण्डलाई हराउँदै एपीएफले सिजनको पाँचौं उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey