Prabhu Bank

सुदूरपश्चिमको पोष्टमा झापाको आधा दर्जन गोल

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 2 पटक हेरिएको

फागुन १९, झापा । शनिबारदेखि सुरु भएको तेस्रो झापा गोल्डकप फुटबलमा घरेलु टोली झापाले सुदूरपश्चिमबिरुद्ध गोलको वर्षा गर्दै विजयी सुरुआत गरेको छ ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा घरेलु टोली सुदूरपश्चिम विरुद्ध पहिलो हाफको पूरै समय हावी भयो । दोस्रो हाफमा सुदूरपश्चिमले खेलमा फर्कने प्रयास गरे पनि गोल भने गर्न सकेन । केहि अवसरमा सुदूरपश्चिमका स्ट्राइकर चुक्न पुगे ।

पहिलो हाफमा ५–० को अग्रता बनाएको झापाले पाँचौं मिनेटमै गोलको खाता खोलेको थियो । उसका लागि दिलेन लोक्तामले गोल गरेका थिए ।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै सुदूरपश्चिमले अर्को गोल खान पुग्यो । देभेन्द्र तामाङले गोल गरेका थिए ।

१५औं मिनेटमा झापाले उपहार गोल पायो । सुदूरपश्चिमका विष्णु चौधरीले आत्मघाती गोल गर्दा झापाले ३–० को अग्रता बनायो ।

३१औं मिनेटमा स्टार स्ट्राइकर कर्ण लिम्बुले गोल गर्दा झापाको अग्रता ४–० मा पुग्यो । खामिर गिल्सेन काङदाङवाले पहिलो हाफको इन्ज्यूरी समयमा टिमका लागि पाँचौं गोल गरे ।

दोस्रो हाफमा सुधारिएको सुदूरपश्चिमबिरुद्ध झापाले एक गोलमात्र गर्न सक्यो । ५२औं मिनेटमा कर्ण लिम्बुले व्यक्तिगत दोस्रो गोल गरी टिमको ५–० को अग्रता बनाए । बाँकी समयमा दुवैले गोल गर्न सकेनन् र खेल झापा ११ ले ६–० ले जित्यो ।

भर्खरै

Advertisement