आठौंका लागि कवड्डी संघद्वारा बाँके र बर्दियामा प्रचार प्रसार तिब्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२४
  • |
  • 214 पटक हेरिएको

बाँके, २० चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आह्वान गर्दै अखिल नेपाल कवड्डी संघले आइतवार बाँके र बर्दियामा प्रचार प्रसार गरेको छ ।

माइकिङ गर्दै नेपालगन्ज रंगशालाबाट विहान निस्केका कवड्डी संघका अध्यक्ष डम्बर थापासहितको टोली कवड्डी प्रतियोगिता हुने बाँसगढीसम्म पुगेर प्रचार गरेको हो ।

आठौँ राष्ट्रिय प्रतियोगिता सफल पारौँ भन्ने जानकारी दिँदै संघले प्रतियोगिताका लागि तयार पारिएको गीतमार्फत सर्वसाधारणलाई सुसूचित गरेको अध्यक्ष थापाले बताए । संघको टोली नेपालगन्ज, कोहलपुर हुँदै बर्दियाको बाँसगढी, खजुरा, सीतापुर लगायतका ठाउँमा प्रचार प्रसार गरेको थियो ।

माइकिङका साथै प्रतियोगिताको प्रचारप्रसारका लागि तयार पारिएको स्टिकर समेत यातायातका साधनमा टाँसेको उनले बताए । उनले आवश्यक परे अन्य दिन पनि प्रचार प्रसारमा खटिने स्पष्ट पारे । प्रचार प्रसारका लागि संघले आफ्नो प्रयासमा टिशर्ट समेत तयार पारेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey