भीआईपी प्यारपिटको छानो २ दिन भित्र पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२४
  • |
  • 189 पटक हेरिएको

बाँके, २४ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउने काम सुरु भएको छ । बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट पाहुनाका लागि निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउन थालिएको हो ।

अवको दुई दिनभित्र छानो लगाउने काम सकिने गरि काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । भिआइपी प्यारापिट सँगै रंगशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको ओलीले बताए ।

फिल्डमा लगाइएको बरमुडा दुवो पनि हुर्किसकेको छ । फुटवल खेलका लागि दुवोसहित तयार पारिएको फिल्ड आइतवारदेखि सम्याउन थालिएको छ । रोलरको सहायतामा फिल्ड सम्याउन सुरु भएको उनले बताए ।

निर्माण भइरहेका संरचना अन्तिम चरणमा पुगेको छ । ओलीले भने, नेपालगन्ज रंगशालाका विभिन्न स्थानमा रुख, विरुवा रोप्ने काम पनि भइरहेको छ । रंगशाला भित्र र बाहिर सरसफाईलाई पनि तीव्रता दिइएको ओलीले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ बैशाखमा उद्घाटन गर्ने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन ११ बैशाखमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गर्ने कार्यक्रम छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey