के हो एकदिवशीय विश्वकप छनोट ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 158 पटक हेरिएको

फागुन १९ । सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता आइतबारदेखि जिम्बाबेमा सुरु हुँदैछ । मार्च २५ सम्म चल्ने यस प्रतियोगिताका खेलहरु हरारे, बुलाबेयो र क्वेक्वेमा हुनेछ ।

यो विश्वकप होइन, विश्वकप छनोटमात्र हो । यस प्रतियोगिता यस अर्थमा पनि महत्वपूर्ण छ कि क्रिकेटको बिकासका बारेमा भइरहेको बहसको केन्द्रका रुपमा यसलाई लिन सकिन्छ ।

सन् २०१९ को विश्वकपमा सहभागिता जनाउने टोलीहरुका लागि मात्र २ स्थान खाली छ । ८ पूर्ण सदस्य टोलीहरु यसअघि नै छनोट भइसकेका छन् । १० टोलीको मात्र सहभागिता हुने प्रतियोगितालाई कसरी विश्वकप भन्ने प्रश्न पनि आउन सक्छ, तर यो क्रिकेट हो यहाँ सबै सम्भव छ !

यद्यपि, यसकारण पनि विश्वकप छनोटको यसअघिका प्रतियोगिताको तुलनामा यस प्रतियोगिताको स्तर भने पक्कै माथि छ । यहाँ चार पूर्ण सदस्यराष्ट्रहरु वेष्ट इण्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्ड खेल्दैछन् ।

हो, यस्तै भएको छ । दुई पटकको विश्व विजेता तथा एकदिवशीय क्रिकेटको सुरुआती बादशाह मानिने वेष्ट इण्डिज यस पटकको विश्वकपमा छनोट नहुन पनि सक्छ । आयरल्याण्ड, जसले कहिले काही यस्ता विश्वस्तरीय प्रतियोगिता खेलेको छ उ पनि विश्वकपमा छनोट नहुन सक्छ ।

सहभागिता १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष तीन स्थानमा रहने दुवै समूहका टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।

प्रत्येक समूहको शीर्ष तीन स्थानमा आउने टोलीले समूह चरणमा हासिल गरेको अंकबाटै सुपर सिक्स चरणको अंक जोडिनेछ । तर, समूह चरणबाट बाहिरिएका दुई टोलीबिरुद्धको अंक भने घटाइनेछ ।

सुपर सिक्समा सबैले सबैसँग खेल्नेछन् । शीर्ष दुई स्थानमा आउने टोलीले फाइनल खेल्नेछन् । ती दुई टिमले एकदिवशीय विश्वकप पनि खेल्नेछन् । बाँकी चारमध्ये नेदरल्याण्ड, जो विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता हो, ऊ बाहेक अन्य तीन एशोसियट टोलीले सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाउनेछ ।

विश्वकप छनोटका लागि छनोट आधार के के हुन् ?

वेष्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड र अफगानिस्तान सिधै विश्वकपका लागि छनोट हुन सक्थे । तर, उनीहरु सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवशीय बरियतामा शीर्ष आठभित्र अटाएनन् र अहिले यहाँ छन् ।

त्यस्तै नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारभित्र रहेर विश्वकप छनोटका लागि योग्य भए । प्रतियोगिता मे २०१५ मा सुरु भएर डिसेम्बर २०१७ मा सकिएको थियो ।

नेपाल र युएई भने हालै सम्पन्न डिभिजन टू मा शीर्ष दुईभित्र परेर विश्वकप छनोटमा पुगेका हुन् ।

टिभीमा कतिवटा खेल लाइभ हुन्छ ?

तपाईले यस प्रतियोगितामा १० वटा खेलमात्र टिभीमा लाइभ हेर्न पाउनुहुन्छ । समूह चरणका दुई खेलमात्र लाइभ प्रशारण हुन्छ । वेष्ट इण्डिज भर्सेस आयरल्याण्ड र वेष्ट इण्डिज भर्सेस नेदरल्याण्डको खेल लाइभ हुन्छ ।

त्यसपछि सुपर सिक्सको सातवटा खेल र फाइनल खेल टिभिमा लाइभ आउँछ ।

विश्वकप छनोट प्रतियोगिताको प्रत्यक्ष प्रशारण आईसीसीले पहिलो पटक गर्न लागेको हो । यसले पनि प्रतियोगिताको स्तरलाई प्रमाणित गरेको छ ।

प्रतियोगिताका सबै खेलहरुको हाइलाइट्स कभरेज हुन सक्छ, तर कसैले पनि लाइभ स्ट्रिमिङ गर्न पाउँदैन । आईसीसीका सबै इभेन्टको डिजिटल अधिकार स्टार स्पोर्टसले लिएको छ ।

क्रिकइन्फोबाट अनुवादित

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey