आठौंका लागि नेपालगञ्ज उपमहानगरले शहर झकिझकाउ बनाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२२
  • |
  • 317 पटक हेरिएको

बाँके, २२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलाई बेहुलीझैँ सिँगारिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रवार श्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिको आयोजनामा बसेको बैठकले आठौँ राष्ट्रिय खेलकुदलाई गौरबको महोत्सवका रुपमा लिएर शहरलाई झकिझकाउ बनाउने निर्णय भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, सम्बन्धित वडाध्यक्षसँग भएको छलफलले समन्वय, सहकार्य मार्फत काम अगाडी बढाउने सहमति भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।

नेपालगन्जमा सरसफाई, स्वास्थ, शान्ति, सुरक्षा लगायतका विषयमा व्यापक छलफल गरिएको उनले बताए । स्थानीय सरकारले गर्ने जिम्मेवारी तदारुकताका साथ गर्ने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले बताए । उनले नेपालगन्जमा बाहिरबाट आउने पाहुनाको स्वागत र सम्मानमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए ।

डा. राणाले आठौँको उद्घाटन हुने समयसम्म सम्पूर्ण सघंसंस्थाले अफनत्व महशुस हुनेगरि समन्वय तथा तयारी अगाडी बढाइएको बताए । सम्पूर्ण संघसंस्थाले आ–आफ्नो तर्फबाट स्वागतद्वार राख्ने गरि तयारी समेत अघि बढाई सकेको उनले बताए ।

सरसफाई अभियान र जागरण अभियान संचालन गरिने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष ओलीले जनाए । अध्यक्ष ओलीले चैत २७ देखि बैशाख ११ सम्मको कार्यक्रममा कोहि नछुट्ने किसिमले तयारी अगाडी बढाइएको बताए । नेपालगन्जमा मात्रै २० देखि ३० वटा स्वागत द्वार बनाउने तयारी भइरहेको उनले बताए । यसमा नेपालगन्ज उपमहानगरको मात्र ५–७ वटा स्वागतद्वार लाग्ने उपमेयर उमा थापामगरले जानकारी दिइन् ।

चोकमा मार्क राख्ने तयारी
नेपालगन्जका हरेक गल्ली, टोल, चोक, पार्क, अस्पताल, शैक्षिक संस्थालाई चिनाउने गरि मार्क गर्ने कार्य तत्काल सुरु गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने पाहुनालाई हिड्डुल गर्न सहज बनाउन हरेक चोकमा मार्क (चिन्ह) लगाउने भएको हो ।

नेपालगन्जमा रहेका धार्मिक स्थल, पर्यटकिय स्थल, होटल, बसपार्क, बजार लगायतका स्थानमा पहिलो चरणमा मार्क लाउने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका प्रमुख विष्णु शर्माले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey